गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी अन्तिम चरणमा, अध्यक्ष सुवेदीले गरे यस्तो अनुरोध एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी अन्तिम चरणमा, अध्यक्ष सुवेदीले गरे यस्तो अनुरोध दीप संञ्चार जेठ २८, २०७९ गते ९:२१ मा प्रकाशित काठमाडौं – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलन आउँदो जुलाई ३ र ४ तारिखका दिन नर्थ क्यारोलिनामा हुँदैछ । साधारणसभा तथा ज्ञान सम्मेलनको लागि आवश्यक तयारीका कार्यहरु अन्तिम चरणमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सागर सुबेदीले जनाएका छन् ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सम्पूर्ण सदस्यहरुमा नमस्कार ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलन आउँदो जुलाई ३ र ४ तारिखका दिन नर्थ क्यारोलिनामा हुन लागेको यहाँहरु सबैमा जानकारी रहेकै छ । साधारणसभा तथा ज्ञान सम्मेलनको लागि आवश्यक तयारीका कार्यहरु अन्तिम चरणमा पुगेको छ ।अमेरिकामा रहनुहुने सम्पूर्ण गैर आवासीय नेपालीको साझा थलो गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न साधारणसभालाई सफल पार्ने साझा दायित्व पनि तपाई हामी सबैको हो । गैर आवासीय नेपालीको हितका लागि अझ प्रभावकारी ढंगवाट कार्य गर्नका लागि संघ कसरी अघि बढ्नुपर्दछ र संघले आगामी दिनको यात्रा कसरी अघि बढाउनुपर्दछ भनेर तपाई सबैको सुझाव, सल्लाह र मार्ग दर्शनको लागि साधारणसभाको विशेष महत्व रहन्छ । सँग सँगै विज्ञ सम्मेलन समेत आयोजना गरिएकाले यसको सफलतासँग अमेरिकामा रहने तपाई हामी सबैको प्रतिष्ठा जोडिएको छ । यसर्थ पनि तपाई सबैको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु । संघको विधानमा पनि केही थप घट आवश्यक रहेको देख्नुभएको छ भने पनि समयमानै सुझाव गर्नुहुन पनि अनुरोध छ, साधारणसभाका लागि रजिष्ट्रेशनका लागि पनि सबैमा अनुरोध गर्दछु ।पक्कैपनि एनआरएनए अमेरिकालाई शसक्त ढंगवाट एनआरएनएहरुका लागि काम गर्न सक्ने बनाउनका तपाई सबैले उत्तिकै पहलकदमी लिनुभएकै छ र सँगसँगै तपाईहरु सबैको सहयोग विश्वमा सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद्को रुपमा एनआरएनए अमेरिका रहेको छ ।संस्था ठूलो हुँदै जाँदा तथा एउटा जिवन्त र गतिशिल संस्थामा कतिपय अवस्थामा केही बिषयहरू उठ्न सक्छन् तर ति बिषयहरूहामीहरु सबैले वार्ता र संवादको दिशावाट नै सहमतीको विन्दु खोजेर समाधान गर्नैपर्दछ । तपाई आम सदस्यहरुले पनि संस्थामा वेमेल जस्तो नदेखिए हुन्थ्यो भन्ने सकारात्मक चाहना सधैं नै राख्नुभएकैछ, यसलाई नेतृत्वले पनि गम्भिरता पूर्वक नै लिदैं आएको छ । सबैलाई समेटेर लाने दिशामा हामी सधै सकारात्मक नै थियौं र रहन्छौं । अव हामी सबै एनआरएनए अमेरिकाको ११ औं साधारणसभामा भेट्नेछौं, संस्थालाई अझ उन्नत ढंगवाट अगाडि बढाउनका लागि एक आपसमा छलफल गर्नेछौं ।कहिलेकाही केही बिषयहरू उठ्ने गरेपनि यसको अर्थ संस्था कमजोर भयो भन्ने कदापि होईन, हामी सबै गैर आवासीय नेपाली हौं, हामी सबै गैर आवासीय नेपाली अभियानमा सँगै थियौं, छौं र हुनेछौं ।तपाई सबैलाई फेरि हार्दिक धन्यवाद छ, र अन्त्यमा हालै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा नेपाली राष्ट्रिय क्रिकेट टोली समेत सहभागि रहेको एनआरएनए एनसिसी युएसए कप सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जुन कुनै प्रकारले सहयोग गर्नुहुने संस्था तथा व्यक्तिहरुमा हार्दिक धन्यवाद समेत दिन चाहन्छु ।भवदीय,बुद्दि सागर सुबेदीअध्यक्षगैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #breaking, #एनआरएनए अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा