गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ विधेयक रोकियो, आन्दोलन रोकिएन । विधेयक रोकियो, आन्दोलन रोकिएन । दीप संञ्चार असार १७, २०७६ गते ०:२३ मा प्रकाशित हङकङमा लाखौं नागरिकले सडकमा प्रदर्शन गरेपछि सरकारले अभियुक्तलाई चीन सुपुर्दगी गर्ने विधेयक केही दिनअघि रोक्यो। विधेयक रोकिए पनि हङकङमा आन्दोलन र प्रदर्शन भने रोकिएको छैन । सोमबार फेरि हिंसात्मक प्रदर्शन भएको छ ।जुलाई १ बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन हो । त्यही अवसरमा सोमबार हङकङ सरकारले औपचारिक कार्यक्रम गर्न लागेको थियो । आन्दोलनकारीले उक्त कार्यक्रमलाई लक्षित गरेर सरकारको मुख्यालयमै प्रदर्शन गरेका छन् ।हङकङकी प्रमुख कार्यकारी लारी क्यामले सुपुर्दगी विधेयकको प्रक्रिया रोकेकी छन् । तर प्रदर्शनकारीले विधेयक खारेज गर्नुपर्ने र क्यामले राजीनामा दिनुपर्ने माग गरेका छन् ।जुलाई १ को अवसर पारेर प्रदर्शनकारीले सोमबार संसद भवनबाहिर प्रदर्शन गरेका थिए। धेरै युवाहरू संलग्न भएको उक्त प्रदर्शनका क्रममा प्रहरीले पेपर स्प्रे फालेपछि अवस्था हिंसात्मक भएको हो ।प्रदर्शनकारीहरूले संसद भवनमा झ्याल फुटाइदिएका छन् भने बाहिर लगाएको फलामे पर्खाल पनि तोडेका छन् । प्रहरीको हस्तक्षेपबाट जोगिन प्रदर्शनकारीले टाउकोमा पहेँलो हेलमेट पनि लगाएका छन् ।हङकङ सरकारले आज प्रदर्शनकारीले गरेको हर्कत खेदजनक भएको बताएको छ ।तनाव बढ्दै गएपछि सरकारले संसद भवन आसपासको क्षेत्रमा रेड अलर्ट जारी गरेको छ भने प्रदर्शनकारी संसद भवन खाली गर्न भनेको छ ।जुलाई १ कै अवसर पारेर हङकङमा अर्को शान्तिपूर्ण प्रदर्शन पनि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सेतोपाटीमा ख़बर छ ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न