नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली रक्तदाता संघ कतारले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्था नेपाली रक्तदाता संघ कतारको संयोजनमा कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।
कोरोनाका महामारीकाबीच सम्पन्न कार्यक्रममा संघका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरे । कार्यक्रममा बोल्दै नेपाली राजदूतावास कतारका दित्तीय सचिव भट्टराईले रक्तदान पुण्यको कार्य भएको र नेपाली रक्तदाता संघ कतारको कार्य उदाहरणीय रहेको बताए ।
संघका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको भित्ते पात्रो प्रदान गरिएको थियो । अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाली रक्तदाता संघ कतारका अध्यक्ष कटुवालले यस्तो बिषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु भई रक्तदान गर्नु हुने सम्पूर्ण दाताहरू तथा सहयोगी संस्थाहरुलाई धन्यवाद तथा आभार प्रकट गरे ।
क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
ताजा अपडेट
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस