गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सञ्जालको महाधिवेशनको तयारी पूरा, नयाँ नेतृत्वको लागि निकै प्रतिस्पर्धा सञ्जालको महाधिवेशनको तयारी पूरा, नयाँ नेतृत्वको लागि निकै प्रतिस्पर्धा दीप जङ्ग शाह साउन ९, २०७६ गते २:४२ मा प्रकाशित ठकुरी सहयोग सञ्जार कतारले आफ्नो पाचौं वार्षिक उत्सव एवं चौथो अधिवेशनको तयारी पूरा भएको बताएको छ । सभ्य भाषा, सभ्य संकृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक सम्रृद्दिको साथ सहयोग र सद्भाव सबैमा विश्व्यापी हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सञ्जालले कतार स्थित लाली गराँस रेष्टुरेन्ट, ग्राण्ड मलको सभा हलमा सम्पन गर्न लागेको हो ।संस्कार र संस्कृतिको जगेर्ना संगै समृद्द समाजको कल्पना गरेको बताउदै सञ्जालका अध्यक्ष कृष्ण शाहले भने, “जात र धर्म भन्दा माथि उठेर समग्र मानव जातिको हितका लागि सिंगो ठकुरी एक हुनु अहिलेको आवश्यकता हो ।” शाहले दिन दिनानुदिन अपभ्रम्ष हुँदै गएको ठकुरी भाषा संस्कृति र सभ्यता प्रति गहिरो चिन्ता व्यक्त गर्दै आफुले पछिल्लो २ वर्ष निकै चुनौतिपूर्ण कार्यकाल सम्पन्न गरेको बताए । शाहले भने “ठकुरी एकतालाई एका तर्फ जातिय गूँठबन्दीको आरोप समेत लाग्ने गरेको छ भने अर्को तर्फ स्वयम ठकुरी राजामहारानीहरु आफ्नो पहिचान प्रति संवेदनशीलतामा कमि देखिन्छ, तथापी हामिले गरेको विभिन्न अन्तरकृया, सभा सम्मेलन तथा साथ-सहयोग आदान प्रदानले निकै उचाई लिएको छ ।”झण्डै तिनसयको हाराहारीमा साधारण सदस्यता रहेको सञ्जालले सामाजिक अभियन्ताका रुपमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । सुरुवातीका दिनहरुमा नेतृत्व पाउन नै धौ धौ भएपनि आगामी नेतृत्वको लागि निकै प्रतिस्पर्धा देखिएको सञ्जालका सल्लाहकार निर्मल सिंह ठकुरीले बताए, ठकुरीले भने “प्रवासको भुमिमा रहेर पनि सञ्जाल प्रतिको चासो र महत्वका विषयमा प्रतिस्पर्धा हुनु सकारात्मक कुरा हो । तर सञ्जाल भित्र अस्वस्थ प्रतिस्पर्धा भने छैन । मलाई विश्वास छ सञ्जालले आगामी नेतृत्व सर्व सहमति मै पाउने छ ।”यहि जुलाई २६ गते शुक्रवार हुने अधिवेशन तथा वार्षिक उत्सव कार्यक्रमलाई २ चरणमा विभाजन गरीएको छ । पहिलो चरण औपचारीक कार्यक्रम अन्तरगत विविध सास्कृतिक कार्यक्रम, संस्थाको वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदन र विभिन्न व्यत्तित्वहरुको मन्तव्य रहेको छ भने दोस्रो चरणमा बन्द सत्र रहेको सञ्जालका प्रथम उपाध्यक्ष भरत मल्लले बताए । मल्लले कतारमा रहेका सम्पूर्ण ठकुरीलाई नयाँ सदस्यता समेत खुल्ला गरिएको जानकारी दिदै समयमै सदस्यता लिन आग्रह समेत गरेका छन्।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न