गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ दलीय निर्णयको पर्खाईमा एनसीसी चुनाव दलीय निर्णयको पर्खाईमा एनसीसी चुनाव करिम बक्स मियाँ साउन ९, २०७६ गते १९:०४ मा प्रकाशित दोहा, एनसीसी कतारको चुनाव नजिकिंदै गर्दा कतारको नेपाली समुदायले नेकपाको कतार स्थित भातृ संगठनको निर्णय पर्खिन बाध्य देखिएका छन्।तत्कालिन एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च र तत्कालिन माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मन्चको संयुक्त निर्णय पर्खेर बसेको चर्चा छ।प्यानल बिना जित्न नसकिने बिगतको नजीरलाई हेरेर विभिन्न पदका आकांक्षी उमेदवारहरु समेत नेकपा कतारको निर्णयको पर्खाईमा बसेका छन्।काँग्रेस कम्युनिस्ट बाहेक नयाँ समुहहरुपनि यसपटक एनसीसी चुनावमा थपिएका छन्।यहि आउँदो जुलाई २६ तारीक एनसीसी कतारले २०१९-२१ कार्यकालको लागि परिषद सदस्य बन्न आवेदन दिएकाहरुको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गर्दैछ। सम्भवत: नेकपाको भातृ संगठनले त्यही दिन संस्थागत उमेदवार बारे निर्णय लिने चर्चा छ।२०१९-२१ कार्यकालको लागि वर्तमान एनसीसी कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल र गत निर्वाचनमा अध्यक्ष पदमा पराजित तथा एनसीसी कतारका सल्लाहकार समेत मोहम्मद मुक्तदा मुसलमान नेतृत्वको दावेदार मानिएका छन् । स्मरण गर्नुपर्ने के छ भने दुबै आकांक्षी पुर्व एमाले उर्फ अहिलेको नेकपा निकट हुन्। त्यसकारणपनि नेकपाको कतार संगठनमा एनसीसी नेतृत्वको बहस बिगत केही महिनादेखी पेचिलो बन्दै आई रहेको छ।शुत्र भन्छ नेकपाको कतार संगठनले करीव करीव मुसलमानको पक्षमा निर्णय लिने तयारी गरेको छ। नेतृत्वको लागि नेकपाको आधिकारिक उमेदवार बन्न बढी मत संख्या देखाउनु पर्ने र संगठनभित्रका निर्णायकहरुको मत जता बढी उसैको हकमा निर्णय हुने शर्त सारिएक श्रोतले बताएको छ।बिगतदेखी काँग्रेस र एमाले निकट प्यानल बिच नेतृत्व हत्याउने खेल हुने गरेको भएपनि यसपटक त्यस्तो देखिएको छैन। नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती भने नेतृत्वको विषयमा मौन बसेको छ।करीव ४४ सयको हाराहारीमा यसपटक परिसद सदस्य कायम हुने प्रारम्भिक शुत्रले देखाएको छ भने काँग्रेस कम्युनिस्ट बाहेक नयाँ समुहहरुपनि यसपटक एनसीसी चुनावमा थपिएका छन्।तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच भएको एकतापछि गठित समाजवादी पार्टीको कतार स्थित संगठन नेपाली समाज कतार, संघीय लिम्बूवान सामाजिक मन्च, हेल्प मधेस समूह र सिके राउत समूह यस पटकको चुनावमा निर्णायक भुमिका खेल्न सक्ने शक्तिको रुपमा देखिएका छन्।सबैभन्दा रोचक पक्ष भनेको यसपटक दलीय रवाफको लडाइँ भन्दापनि भेगीय लडाइँ हुने खतरा देखिएको छ। वैचारिक संगठनको नेतृत्व तहमा रहेकाहरुबाट नै भेगीय नारा दिएर एनसीसी कतारलाई भुगोलले बाँड्ने कार्य गरेकोप्रति भने स्थापनाकालदेखि निरन्तर एनआरएनए अभियानमा लागेकाहरु रुष्ट देखिन्छन्। वैचारिक लडाईंको मार खेप्दै आएको एनसीसीलाई भेगीय नारा बोकेर चुनावी मैदान तताउनु दुर्भाग्य भएको अभियन्ताहरु बताउँछन्।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न