दोहा, दाङ्ग देउखुरी सेवा समाजले हरितालिका तिजको अवसर पारेर गरिव तथा जेहेन्दार विध्यार्थीहरुका लागि छात्रवृत्तिकोष सहयोगार्थ आयोजना गरेको तिज विशेष कार्यक्रम उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ । समाजका अध्यक्ष हेमराज बस्नेतको सभापतित्व एवं कतारकी स्थापित सफल यूवा व्यवसायी तथा समाजसेवी सरिता गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रम कतार स्थित डल्ला ड्राईभिङ्ग स्कुलको सभाहलमा भएको थियो ।
औपचारीक कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रमुख अथिति गुरुङ्गले प्रदेशी भुमीमा रेहर पनि नेपाली संस्कार र संस्कृतिको संरक्षण र समृद्दिलाई उच्च सम्मान गर्दै तिजमा हुने फजुल खर्चलाई सञ्चित गर्दै गरिब तथा जेहेन्दार बालबालिकाहरुको अध्ययनमा लगानी गर्नु निकै प्रसंशनिय कार्य रहेको बताईन् । त्यस्तै कार्यक्रममा शुभकामना व्यक्त गर्दै वक्ताहरुले चाडपर्वलाई संस्कार परम्परा मात्र होईन समाजिक उत्तरदायीत्व समेत वहन गर्ने कडिको रुपमा लिनु पर्नेमा जोड दिदै यस दाङ देउखुरी सेवा समाजको कार्य प्रति खुलेर प्रसंशा गरे । “तिज विशेष विबिध साँस्कृतिक कार्यक्रम २०७६” नाम दिईएको कार्यक्रम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि रु. १० लाखको अक्षयकोषको सयोगार्थ गरिएको होे ।
कार्यक्रमा नेपालबाट आएका स्टेज क्वीनको उपनाम पाएकी चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरी र अर्कि चर्चित लोक तथा दोहोरी गायिका मिना बुढाथोकी लगाएतको प्रस्तुतिले दर्शकहरुलाई निकै छमछमि नचाएको थियो । ४ सय भन्दा धेरैको सहभागिता रहेको उक्त कार्यक्रमा हास्य कलाकार हरी प्रसाद दुलाल उर्फ कागे बाहुनको बेजोड हास्य प्रस्तुति संगै नित्र्यङ्गनाहरु रजिना महर्जन, मिना लामा, शसिकला राई आदी लगाएतको दर्जनौको दमदार प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो ।
समाजका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकिको स्वागत मन्तव्यबाट शरुवात भएको कार्यक्रमा समाजका प्रमुख सल्लाहकार बसन्तराज पुरी तथा समाजकै अध्यक्ष तथा कार्यक्रमका सभापति हेमराज बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आर्थिक, भौतिक, नैतिक तवरले सहयोग गर्नुहुने दङ्गाली तथा गैर दङ्गाली दाजुभाई, दिदी बहिनीहरु, व्यवसायी तथा समाजसेवी, बैचारिक तथा सामाजिक, जिल्लावासि संघसस्थाहरु, जातिय धार्मिक सस्थाहरु, बुद्दिजीवी, पत्रकार लगाएत सम्पूर्ण सहयोगिहरु प्रति आर्दिक आभार प्रकट गरेका थिए ।
महिला दिदी बैनी तथा आमाहरुको लागि निशुल्क प्रवेश र पुरुषको लागि कतारी रियाल ३५ र भिआईपिहरुका लागि कतारी रियल १०० प्रवेश शुल्क तोकिएको औपचारिक कार्यक्रमको सहजिकरण समाजका महासचिव मिनराज पुनले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सहजिकरण राजन चापागाँईले गरेका थिए । कार्यक्रममा उपस्थित पहिले दिदी बहीनी र पछाडी दाजुभाई सबैलाई परम्परागत ढंगमा दर पनि खुाईएको थियो ।
क्याटेगोरी : गल्फ