गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मान एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मान दीप संञ्चार भदौ २३, २०७६ गते १७:०४ मा प्रकाशित ठकुरी सहयोग संञ्जाल कतारले भर्खरै सम्पन्न एनआरएनए एनसीसी कतारको निर्वाचनबाट भारी मतले विजय प्राप्त गरेका नव निर्वाचित अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानलाई एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ ।त्यस्तै संञ्जालले आईसीसी सदस्यमा विजय प्राप्तगरेका संञ्जालका बरिष्ठ सल्लाहकार कृष्ण बहादुर हमाल उर्फ के बि हमाल र एनसीसी कतारको सदस्य पदमा विजय प्राप्त गरेका संञ्जालकै सदस्य ज्वाला शाहीलाई पनि सोही कार्यक्रममा सम्मान तथा बधाई ज्ञापन गरेको छ ।संञ्जालका अध्यक्ष भरत बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा एनसीसी अध्यक्षले यस यस प्रकारको विशेष सम्मानले आफूलाई थप उर्जा थपएिको बताउदै भने, ‘संञ्जालसंगको सहकार्य विगत लामो समयदेखि रहदै आएकोले मैले यस सञ्जाललाई मुटुमै सजाएर राखेको छु, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि सञ्चालनमा रेहेको कलम परियोजनालाई सम्मान गर्दछु र मेरो आर्थिक र भौतिक दुबै सहोगको लागि प्रतिबद्दता गर्दछु ।’ मुसलमानले थपे, ‘एनसीसी कतारले अब सामाजिक एजेण्डालाई व्यापकता दिदैछ र मलाई विश्वास छ यस सञ्जालले पनि हरेक सामाजिक कार्यक्रमा सहकार्य गर्ने छ ।’कार्यक्रममा संञ्जालका अध्यक्ष मल्लले आफ्नो २ वर्षे कार्यकाल पनि भर्खरै शुरुवाता भएको वताउदै सञ्जालको मुल्य, मान्यता तथा भावि योजना लगाएतको कुराहरु जानकारी गराएका थिए । मल्लले अध्यक्ष मुसलमान तथा विजयी टिमलाई बधाई दिदै कतारमा रहेका नेपाली समुदाय वीच परस्पर मितव्ययिता कायम गर्न र हातमा हात लगाएर हरेक समस्यामा एकजुट गराउने प्रयासमा आफू सदा प्रतिबद्द रहेको बताए ।सामाजिक कार्यलाई निकै गहनताका साथ लिएको संञ्जालले आगामि अक्टोबर ४ मा विजया दशमी शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्दै छ । उत्त कार्यक्रमका लागि मुसलमानलाई प्रमुख अथितिको निमन्त्रणा पत्र हस्तान्तरण गर्दै आईसीसी सदस्य तथा सञ्जालका सल्लाहकार के बि हमालले संञ्जाल कुनै जातिय संस्था नभई एकताको प्रतिकका रुपमा लागेको प्रकाश पार्दै आगामी दिनमा सञ्जाल पनि विश्वभर एकसाथ एनआरएनए संग सहकार्य गर्दै जाने बताए ।कार्यक्रमको सहजीकरण गर्दै संञ्जालका सल्लाहकार दीप जंग शाहले संञ्जालको तर्फबाट एनसीसी कतारको लागि ४ जनाको उम्मेदवारी परेको र आफू पराजित भए पनि ५० प्रतिशत सफलताले उत्साहित भएको बताएउदै आगामि दिनमा एनआरएनए र संञ्जाल वीचको सहकार्यमा महत्वपूर्ण पुलको भुमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै सञ्जालका सल्लाहकार निर्मल सिंह ठकुरीले आगामि अक्टोबर ४ का तयारी लगभग पूरा भएको जनाउदै नेपालबाट आउने अथिति कलाकारको टिकेट, होटल, भिषा लगाएत सम्पूर्ण काम पूरा भएको जानकारी गराउदै एनआरएन कतारका विजय टीमलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा अक्टोबरमा हुने कार्यक्रममा एनआरएनएको नयाँ टीमको तर्फबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरे । सञ्जालका सदस्य तथा नव निर्वाचित एनसीसी सदस्य ज्वाला शाहीले आफूलाई विजय गराउने ठकुरी तथा गैर ठकुरी सम्पूर्णलाई धन्यवाद दिदै आगामि यात्रा सामाजिक कार्यमा रहने प्रतिवद्दता व्यक्त गर्दै आफू सामाजिक अभियन्ता तथा एकताको पहरेदारका रुपमा सदा उभिने बताए ।साथै पछिल्लो समयमा आफूलाई स्थापित गराउदै लगेका गायक तथा संञ्जालका कलाकार संयोजक ईमान सिंह ठकुरीले कला र समाज नङ र मासुको सम्बन्ध भएको बताउदै अध्यक्ष मुसलमान, आईसीसी सदस्य हमाल, एनसीसी सदस्य शाही लगाए सम्पूण विजयी टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न