गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : युएईमा एक नेपालीको मृत्यू, आज मात्रै थप २७७ जना नयाँ संक्रमित कोरोना अपडेट : युएईमा एक नेपालीको मृत्यू, आज मात्रै थप २७७ जना नयाँ संक्रमित सुर्य बहादुर खवास चैत्र २४, २०७६ गते २३:२७ मा प्रकाशित युएई – युनाइटेड अरब इमिरेट्स (युएई) मा सोमबार कोरोना भाईरसबाट २७७ जना नयाँ संक्रमित भेटिएको युएइ सरकारको आधिकारिक ट्विट मार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिईएको हो।यो सँगै युएईमा संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ । आज स्वास्थ्य लाभ गर्नेको सख्या २३ रहेको छ यो सँगै स्वास्थ्यलाभ गर्नेको संख्या १६७ जना पुगेको छ । साथै सोमबार १ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ११ पुगेको छ ।यूएईको दुबईमा घरेलु कामदारको रुपमा काम गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्।‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीन दिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्नुभएको थियो’, मृतकका नजिकका आफन्तले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए । अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन। शवलाई प्रहरी आएर लिएर गएको थियो।’दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।हाल सम्म यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन् । ११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न