गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : कतारमा आज थप १ को मृत्यू, २५१ जना नयाँ संक्रमित, अहिले सम्म २९७९ जना संक्रमित कोरोना अपडेट : कतारमा आज थप १ को मृत्यू, २५१ जना नयाँ संक्रमित, अहिले सम्म २९७९ जना संक्रमित दीप संञ्चार चैत्र ३०, २०७६ गते १७:११ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १ को मृत्यू भएको छ भने आज थप २ सय ५१ जना नयाँ संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २ हजार ९ सय ७९ जना पुगेको छ । अहिले सम्म ७ जनाको मृत्यू भएको छ भने ३७ जनाको अवस्था गम्भीर रहेको छ।त्यस्तै आज मात्र थप २८ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या २ सय ७५ जना पुगेको छ । आज सम्म ४९ हजार १ सय २ जनाको जाँच भएको छ ।कतारमा संक्रमति लक्षण देखिएका विरामीहरुलाई निकै तदारुपताका साथ तत्काल परिक्षण गरिने गरेको छ। यसका लागि देश भर सरकारी, स्थानीय एवं नेपाली लगाएत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चालेर सचेतना गराइएको छ। तसर्थ शुरुवातिमै उपचार पाएको हुँदा मानवीय क्षति नगन्य अवस्थामै निकै न्यून रहेको छ।अहिले सम्म कति जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् या छैनन् भन्ने तथ्याङ्क बाहिर नआएपनि कुनै पनि नेपाली आइसियू तथा चिन्ताजनक र मृत्यू भएको छैन।केहि कतार सरकारको क्वारेन्टाइन रहेका नेपालीहरु खुशी नै भएको र मोबाइल लगाएतको सबै सुविधा भएको हुँदा कुनै समस्या देखिएको छैन।सबै जना आ-आफ्नो परिवारसंग निरन्तर सम्पर्कमा रहेको जानकारी उक्त नेपालीहरुले राजदूतावासलाई फोन गरेर गराएका छन्। नेपाली राजदूतावासले खाद्यान्न सामाग्री वितरणको तयारी गरेको छ । अहिले सम्म २५ वटा समुहको तथ्यांक आएको हुँदा दूतावासले उनीहरुलाई खाद्य सामग्री वितरण गर्ने छ भने थप तथ्यांक सकलन गरिरहेको दूतावास स्रोतले दीप संचार मिडिया संग बताएको छ।आएका तथ्यांकहरुबाट पहिलो चरणमा संबन्धित कम्पनीहरुलाई आग्रह गर्ने तर यसरी पनि समस्या समाधान नभएमा दूतावासले सहयोग गर्ने गर्नेछ। दूतावासले ४ जना कर्मचारी खटाएर निरन्तर नेपालीहरुको समस्याका विषयमा तथ्यांक संकल गरिरहेको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा