गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री दीप संञ्चार वैशाख १७, २०७७ गते २०:४७ मा प्रकाशित काठमाडौं । कतारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने सामग्रीहरु पठाएको छ ।एक विज्ञप्ती प्रकाशित गर्दै कतार फण्ड फर डेभलपमेण्टका तर्फबाट नेपाल सरकारलाई कोभिड १९ सँग लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको जनाएको हो । यसअघि गत सोमवार कतारका अमिर शेख तामिम वीन हमाद अल थानीले नेपाललाई तत्काल स्वास्थ्य सामग्री पठाउन निर्देशन दिएका थिए ।सहयोग अन्तर्गत थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान सामग्री कतारले पठाएको हो ।विज्ञप्तीमा भनिएको छः कोरोनाको महामारी नियन्त्रणका लागि नेपाल सरकारलाई मद्दतका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कतार फण्ड फर डेभलपमेण्टका महानिर्देशक खलिफा वीन जासिम अल कवारीले यो सहयोग मित्र मुलुकलाई कोभिड-१९ विरुद्दको लडाईमा हातेमालो गर्न गरिएको जनाएका छन् ।यो कोरोना भाईरसको संक्रमण रोक्न विश्वव्यापी रुपमा एकअर्कालाई गर्नुपर्ने सहयोग अन्तर्गत नै नेपाललाई सहयोग गरिएको महानिर्देशक अल कवारीले बताएका छन् । नेपाललाई पठाइएको स्वास्थ्य सामग्रीहरु यसअगाडी इरान, लेवनन, ईटाली, ट्युनिसिया तथा रुपाण्डालाई पठाइए जस्तै भएको जनाइएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न