गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई दूतावासमा धर्ना दिने नेपालीहरुको समस्या एनआरएनए युएईको पहलमा समाधान युएई दूतावासमा धर्ना दिने नेपालीहरुको समस्या एनआरएनए युएईको पहलमा समाधान सुर्य बहादुर खवास वैशाख २४, २०७७ गते १:५६ मा प्रकाशित युएई – अलपत्र परेको भन्दै नेपाली दूतावास अबुधावीमा धर्ना बसेका १७ जना नेपालीलाई गैर आवासीय नेपाली संघ युएईको सहकार्यमा दूतावासले तत्कालको लागि व्यवस्था गरेको छ ।नेपाली दूतावासले जारी गरेको प्रेस नोट अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको सहकार्यमा पीडितहरु नेपाल नफर्कदासम्म बस्न र खानको व्यवस्था गर्ने तथा हवाई यात्रा सुचारु भए लगत्तै प्राथमिकताका साथ नेपाल पठाउन व्यवस्था गरिने सहमति भएसँगै तत्काललाई समस्या टरेको हो ।सारजाहबाट आएका नेपालिले दुतावास अगाडि धर्ना थालेपछी दूतावास र धर्ना बसेका नेपाली बिच गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले समस्या समाधानको लागि सकृयता देखाएको थियो । सहमती पश्चात् दूतावासले व्यवस्था गरेको यातायात मार्फत धर्नामा बसेका पिडित सारजाह फर्केका थिए ।केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्न युएईको शारहजास्थित ईमिरेट्स क्याव एलएलसी कम्पनीमा आएका उनीहरु कम्पनीको एग्रिमेन्ट अनुसार सेवा सुविधा नपाएका कारण गत चार महिना देखि अलपत्र परेका थिए।नेपालबाट ओशो तथा फ्युचर म्यानपावर मार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताउँदै आएका थिए। अहिले उनीहरूको भिसा समेत क्यान्सिल भैसकेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न