गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा : अध्यक्ष मियाँ दीप संञ्चार जेठ १७, २०७७ गते २३:०५ मा प्रकाशित दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई पितृ शोक परेको छ । दीप संचार मिडियाका अतिथि सम्पादक समेत रहेका पत्रकार मियाँका बुबा अमिर बक्स मियाँको शनिबार निधन भएको हो।मियाँको तनहुँ जिल्ला शुक्लागण्डिकी नगरपालिका ५, स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको थियो । ८५ वर्षीय पिता बिक्रम सम्बत १९९२ मा स्याङ्जामा जन्मिएका थिए।पत्रकार महासंघ कतारले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिता प्रति गहिरो समवेदना प्रकट गरेको छ। सचिव दिल कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा शुभचिन्तक्, सहयोगी, समाजसेवी तथा समाजका अभिभावक पिताको दिवङगत आत्मा प्रति श्रध्दाञ्जली व्यक्त गर्दै यस दु:खको घडीमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।स्वर्गिय मियाँका ७५ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । वैदेशिक रोजगारका क्रममा विगत २० वर्ष देखि कतारमा रहेका अध्यक्ष मियाँ तेस्रो सन्तान हुन्।पत्रकार मियाँका दाजु आमिर दिन मियाँ पनि व्यवसायका क्रममा कतार मै रहेका छन् । ब्रेन ट्यूमरले ग्रसित बुबालाई लकडाउनका कारण भेट्न जान नपाएकोमा पत्रकार मियाँले दुख व्यक्त गरेका छन्।पत्रकार मियाँले फेसबुक मार्फत सम्भव हुनेले बुबाको अन्तिम सस्कारमा सहभागी भैदिन आफन्त एवं छिमेकीलाई आग्रह गर्दै भनेका छन्, “९ दशकमा नजान्नु कैयौं संघर्ष गरे। जिवनको अन्तिम घडीमा, अन्तिम श्वाससम्म छोराहरुको बाटो कुरेर बसे हाम्रा बा ले। हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा बा!’ “अल्विदा बा” इन्ना लिल्लाही व इन्ना इलैहे राजेऊन।”क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न