गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ चर्को मूल्यको टिकटमा लगेज जम्मा २० केजी, यात्रुलाई मारमाथी मार चर्को मूल्यको टिकटमा लगेज जम्मा २० केजी, यात्रुलाई मारमाथी मार करिम बक्स मियाँ असार ७, २०७७ गते १:२१ मा प्रकाशित दोहा – उद्वार फ्लाईटको नाममा हिमालयन एयरलाइन्सको चार्टर उडानबाट नेपाल जाने यात्रुले जम्मा २० केजी र नेपाल एयरलान्सको उडानबाट जानेले २५ केजी लगेज लैजान पाउने भएका छन्।नाबालिगहरुले जम्मा ७ केजी मात्र लगेज लैजान पाउने एयरलाईन्सका अधिकारीले यात्रुहरुलाई जानकारी गराएका छन्। सरकारले निर्धारण गरेको झण्डै दोहोरो भाडादरको मारमा परेका नेपालीहरु लगेजमा समेत ठगिन पुगेका छन् ।लामो समयदेखी कतारमा कार्यरत रहँदा आफुले जम्मा गरेका झिटिगुन्टा २० किलोभन्दा धेरै लैजान नपाउने भएपछि बढी भएको सामानको मूल्य तिर्ने वा छोडेर जाने भन्ने अन्यौलताले सर्वासाधारण तेहेरो मारमा परेका छन्।लामो समयदेखी तलब नपाएका, कम्पनी बन्द भएका तथा विभिन्न समस्याले पिडित बनेका नेपालीहरु उद्वार उडानको नाममा महङ्गो फेयरको मूल्य तिरेर स्वदेश फर्किन बाध्य छन् भने आफुले जम्मा गरेका सामानहरु समेत छोडनु पर्ने अवस्था सिर्जना भएको छ।महङ्गो फेयर मूल्य तिरेर कम्तिमा ४० केजी लगेजपनि लैजान नपाउँदा सरकार र उड्डयन कम्पनीको मिलिभगतमा आफुहरु उद्वारको नाममा ठगिन पुगेको नेपाल जाने तालीकामा परेका पिडितहरुको गुनासो छ।नेपाल एयरलाइन्सको लागि कतारका प्रतिनिधिको भनाई अनुसार मूल्य र लगेज एयरलाइन्सले नभई नेपाल सरकारले नै निर्धारण गरेको बताए।चार्टर उडान भनेर यात्रुहरुबाट करीव दोहोरो भाडा असुलेका एयरलाइन्सले काठमाण्डौ-दोहा उडानमा कार्गो लिएर आउँदै छन्। २० जुनमा पहिलो उडान भर्ने नेपाल एयरलाईन्सको जहाजले नेपालदेखी कार्पेटहरुको कार्गो लिएर आउने र कतारदेखी यात्रु लिएर जाने तालीका रहेको एयरलाइन्सका कतार प्रतिनिधिले दीप संचार मिडियासंग बताएका छन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै