गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट १ हजार ८ सय स्वदेश फर्किए युएईबाट १ हजार ८ सय स्वदेश फर्किए सुर्य बहादुर खवास असार १४, २०७७ गते ४:३४ मा प्रकाशित युएई – कोभिड १९ को कारण अहिले विश्व आक्रान्त छ । यसको असरबाट विदेशमा कार्यरत नेपालिहरु अछुतो छैनन ।अझ महामारीका कारण रोजगारी गुमाउने को सँख्या पनि ठूलै छ । कोभिड १९ को संक्रमण सँग सँगै विभिन्न कारणले समस्यामा परेका नेपालिहरु दुतावासको समन्वय र सहजिकरणमा युएईबाट घर फर्कने क्रम शुरु भैसकेको छ ।दुतावसले जारी गरेको प्रेष विज्ञप्ति अनुसार गत १९ जुन देखि आज २७ जुन सम्ममा निर्धारित ११ वटा चार्टर उडान मार्फत १ हजार ८ सय ८९ जना नेपाली नेपाल फर्किएको साथै यो क्रम जारी रहेको जनाएको छ । चार्टर उडानको तोकिएको भाडा महँगो हुन अझ एयरलाइन्स पिच्छे फरक भाडा डर र तोकिएकै एयरलाइन्स मार्फत जानू पर्ने वाध्यताले जनगुनासो बढिरहेको थियो । तर पछिल्लो समयमा दुतावासको पहलमा केही सहजता आएको छ ।यो सँगै अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरु नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स, एयर अरेबिया र फ्लाई दुबईका उडानहरुमा अब यात्रुले आफुलाई पायक पर्ने मिति र एयरलाईन्सको टिकट बुक गर्न सक्नेछन्। यसका लागि दूतावासले ४ हजार १ सय १० जना यात्रुको एकीकृत नामावली प्रकाशन गरिसकेको छ ।दुतावसले जारी गरेको अनलाइन फारम भरेर घर फर्कन तयार भएर बसेका बाँकी नेपालीहरुको नाम पछि सार्वजनिक गर्ने बताईएको छ। यसअघि दूतावासले अलग अलग एयरलाईन्सका लागि अलग अलग नामावली प्रकाशन गर्ने गरेको थियो। दूतावासले अप्रिल २८ देखि खुलाएको अनलाइन फारम भर्नेहरुको संख्या ३० हजार नाघिसकेको दूतावासले जनाएको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न