गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् जीएनएन पुस ८, २०७७ गते १९:१७ मा प्रकाशित कुवेत – कुवेतस्थित नेपाली राजदूताबासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको निधन भएको छ। रगतको क्यान्सरका कारण ज्ञवालीको शुक्रबार निधन भएको हो।रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी ज्ञवालीको पार्थिव शरीर आइतबार नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। कुवेतको जजिरा एयरलाइन्समार्फत् शव पठाइएको हो।२८ वर्षीया ज्ञवाली अर्घाखाँची चिदिकाकी हुन्। अविवाहित ज्ञवाली लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन्। तर, अघिल्लो बुधबारदेखि ज्ञवालीको अवस्था निकै गम्भीर भएको थियो।स्वास्थ्यमा सुधार नभएपछि शुरुमा ज्ञवालीले नेपाली दूताबास नजिकै रहेको मुभारक अल काबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन्। परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि उनलाई राहत भएन।त्यसपछि उनलाई मुवारक अस्पतालले शेख अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेर पठायो। कुवेतमा उनलाई भेट्न गएका दाइ निरञ्जन ज्ञवाली र दिदी सपना ज्ञवालीसहित परिवारका सदस्य भए पनि उनको बसाइ एक्लै थियोे।तीन महिनाअघि उनीसँगै कुवेत गएकी उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी हुन्। छोरीको आइसियूमा भर्ना भए पनि उपचारमा अपेक्षित सफलता नभएपछि आमा पनि बस्न नसकेर नेपाल फर्केकी थिइन्।आमा नेपाल फर्केकै समय ज्ञवालीको निधन भएको हो। लकडाउनको समयमा भएको प्रतिस्पर्धामा श्रम सहचारीमा छनोट भएकी ज्ञवाली तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा नेपाल फर्केको दिन नै कार्यस्थल कुवेत आएकी थिइन्।श्रम सहचारी ज्ञवालीको निधनप्रति राजदूतावासले दुःख व्यक्त गरेको छ। राजदूत दुर्गाप्रसाद भण्डारीले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको बताउँदै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन्।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न