कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन

दोहा – कार्ड्स अर्गनाइजेसन कतारले आफ्नो दोश्रो अधिवेशन गर्ने भएको छ। गत शुक्रबार कतार स्थित ग्रान्ड मलको प्राङ्गणमा संस्थाका कार्यबाहक अध्यक्ष श्याम बहादुर लिम्बुको अध्यक्षता एवं बिदेश बिभाग प्रमुख मोहन कार्की क्षेत्रीप्रमुख आतिथ्यतामा संम्पन्न भेलाले यस्तो निर्णय गरेको हो।
भेलाले कृष्ण पन्थीको संयोजक तथा डिल्लिराम भट्टराई सह-संयोजक को जिम्मेवारी दिदै ५१ सदस्यीय दोश्रो अधिवेशन आयोजक समिति समेत घोषणा गरेको छ।
कार्यसमितिका पदाधिकारीहरु साथै कार्ड्स प्रेमीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त बिस्तारित भेलामा बोल्ने क्रममा सबैले संस्थालाई आगामी दिनमा सामाजिक र आर्थिक दुवै तवरबाट शसक्त रूपमा अगाडि बढाउन पर्नेमा जोड दिएका थिए ।
संस्थाका कार्यबाहक अध्यक्षबाट पहिलो कार्यसमितिलाई र आफुलाई सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्दै प्रथम अधिवेशन बाट निर्वाचीत कार्यसमिति बिघटन गरेको घोषणा गर्दै दोश्रो अधिवेशन आयोजक समितिको गठन भएको थियो ।
समिति गठन भए लगत्तै तयारी समितिको पहिलो बैठक संयोजक कृष्ण पन्थीको अध्यक्षतामा बसेको थियो जसलाई सह संयोजक डिल्ली राम भट्टराईले संन्चालन गरेका थिए । बैठकले ९ जनाको सचिबालय समिति गठन गरेको छ जसमा कृष्ण पन्थी, डिल्लिराम भट्टराई, बिमल घले, महम्मद आयुब शेष, राजाराम शाहि, असार मान राई, धर्मराज नेपाल, नर बहादुर थापा र सुरज कुँवर रहेका छन् ।
उक्त बैठकले आगामी अधिवेशनको लागि आवस्यकता अनुसार विभागहरु गठन गरि सबै कामको लागि जिम्मेवारी बाँडफाँड गर्दै अधिवेशन सभ्य र भब्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
विशेष अतिथिमा अन्तर्राष्ट्रिय समन्वय तयारी समितिका संयोजक के बी हमाल र अतिथिहरू मानार्थ सदस्यहरु प्रेम प्रसाद पौडेल, सजन लौडारी, कृण्ण पन्थि, डिल्ली राम भट्टराई लगायतको उपस्थितिमा सम्पन्न भएको भेलाको संन्चालन यसै संस्थाका महासचिव बिमल घलेले गरेका थिए ।

क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस