गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित दीप संञ्चार असोज १३, २०७८ गते १७:१४ मा प्रकाशित जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेका गरेका छन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्री समेत हुने सम्भावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वाचित हुने अधिकारीहरुले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै विदा हुन लागेका छन् ।नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षको भएका छन् । उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उनी सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य रहँदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए ।जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुरबुवा समेत प्रतिनिधिसभाको सदस्य रहेका थिए । सिन्ह्वा क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न