गृहपृष्ठ ∕ स्वास्थ्य ∕ योग गर्दा ध्यान दिनुपर्ने २० कुरा योग गर्दा ध्यान दिनुपर्ने २० कुरा दीप संञ्चार मंसीर २५, २०७९ गते ८:२४ मा प्रकाशित शरीर, मन र भावनालाई व्यवहारिक हिसाबमा सन्तुलित गर्न र तालमेल मिलाइ राख्ने एक साधन हो, योग ।योग आसन, प्राणायाम एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी छ कि यसले सद्भाव र एकीकरणको सिद्धान्तमा पनि काम गर्छ । योग गर्ने भन्दैमा जथाभावी गर्नु हुँदैन । यसको आफ्नै विधी, नियम र तौर तरिका छ ।योगको नियम१। बिहानको खाली पेटमा योग गर्नु सबैभन्दा राम्रो हुन्छ ।२। यदि खाना खाएको भए ४ घन्टापछि गर्नु राम्रो मानिन्छ ।३। योग अभ्यास सकेको आधा घन्टापछि मात्र खाना खानु पर्दछ ।४। नियमित न्युनतम २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्नु राम्रो हुन्छ ।५। योग गर्दा खुकुलो एवं सजिलो लुगा लगाउनु पर्छ । सुतिको कपडा भए उत्तम हुन्छ ।६। योग गर्न शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नु राम्रो हुन्छ ।७। चस्मा वा कन्ट्याक लेन्स लगाउनेहरुले अभ्यास गर्दा यसलाई झिक्नु पर्दछ ।८। योग गर्दा दिसा पिसाब रोक्नुभन्दा सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ ।९। महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन । तल्लो पेट चलाउनु हुन्न ।१०। महिनावारीका बेला ध्यान, प्राणायाम मात्र गर्नु पर्दछ ।११। योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ ।१२। अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल बढाउँछ ।१३। कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन ।१४। दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।१५। योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ ।१६। उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वासको समस्यामा प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।१७। अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले पनि प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।१८। अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि वा विज्ञको सल्लाहमा मात्र गर्नुपर्छ ।१९। दम, पाचन विकार, बाथ रोगको नियन्त्रण एवं निदानकालागि योग अपरिहार्य छ ।२०। मानसिक, शारीरिक विकार हटाउन शरीरलाई स्वस्थ्य बनाउन योग महत्वपूर्ण हुन्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा