Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा आउंदै

करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा आउंदै


दाङ्ग – राप्ती बिज्ञान प्रतिष्ठान घोराहीले करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा ल्याउन लागेको छ।

काठमाडौं उपत्यका बाहीर दोस्रो ठुलो १ सय २८ स्लाइसको सिटि स्क्यान मेसिनको सेवा औपचारीकरुपमा माघ १ गतेदेखि दिने तयारी थालिएको छ। करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा ल्याउन लागेको हो । प्रतिष्ठानकी उपकुलपती प्रा डा संगीता भण्डारीले पश्चिममा पहिलो र काठमाडौं उपत्यकाबाहिर दोस्रो सिटिस्क्यान सेवा आफुहरुले ल्याएको र जनतालाइ गुणस्तरिय स्वास्थ्य सेवा दिने काम जारी रहेको भण्डारीले बताईन ।

No description available.

अस्पतालको स्वास्थ्य सेवा बिगत भन्दा धेरै राम्रो सुधार भइरहेको भन्दै प्रतिष्ठानमा पुर्बाधार बिकास अहिले प्राथमिकता दिनु पर्ने उनको भनाई छ । अहिले अस्पतालमा नया विशेषज्ञ चिकित्सकहरु आइरहेको भन्दै मानसिक रोग विशेषज्ञ, एनेस्थेसिया, इएनटि, हाडजोर्नी, मेडिकल अफिसरसहित २० जना, नया अप्रेसन थिएटर थपिएका छन् भने उपकुलपती भण्डारीले सिटि स्क्यान सेवा अनौपचारिकरुपमा सुरु हुने पनि जानकारी दिएकी छन।

No description available.

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारी, प्रतिष्ठानका डिन डा. बसन्त लामीछाने, अस्पताल निर्देशक डा. सागर पन्थि, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक, दाङ जिल्ला उबासंघका अध्यक्ष नारायण भुसाल, पत्रकार महासंघ दाङ्गका अध्यक्ष सबिन प्रियासन, प्रतिष्ठानका निमित्त रजिस्ट्रार झङ्कार लामीछानेसहित अस्पतालका चिकित्सक, कर्मचारिसहितको टाेलिले अबलोकन गरेका छन् ।

No description available.


क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस