प्रियाको पाउजुको झङ्कारले मार्छ, मार्छ गुलाबी अधरले,
भगवान! कुन दिन काटेछु राहदानी यो, मसानघाट रहेछ।
कति छिटो पोतिदियो धनले, अहम् को अँगार मुहारभरी,
म मै रहिन जलेर खार भएँ बेइमानी यो, मसानघाट रहेछ।
खुसी थियो रबि झुल्किन पाएर प्रभातमा, सोचेन केही,
साँझ क्षितिजमा अस्तायो बिहानी यो, मसानघाट रहेछ।
सधैं-सधैं हाम फालेर आत्महत्या गर्छन्, आसुले यहाँ,
उसले छोडेको खास यादको निसानी यो, मसानघाट रहेछ।