लिपुलेक , कालापानी हुँदै गाड्नुछ नेपाली झण्डा लिम्पियाधुरामा ,
वीर गोर्खालीका सन्तान हामी , पछि हट्दैनौ सिमानाका कुरामा ।
भूगोल सानो भएपनि देश बचाउने साहस कम छैन ,
आइलाग्न्या माथि जाइलाग्न्याहाम्रो परम्परा, भिड्ने कसैको दम छैन।
जसरी तिम्लाई कास्मिर प्यारो छ त्यसरी हाम्लाई हाम्रो कालापानी,
किन जबरदस्ती अतिक्रमण गर्छौं , नेपाली भूमि जानी जानी ।
कहिले नझुक्ने हामी नेपाली , देश बचाउन प्राण काफी छ,
फर्किएर हेर त्यो सुनौलो इतिहास , हामीसँग थुप्रै प्रमाण साक्षी छ ।
वीर पूर्खाको रगतले आर्ज्याको भूमि हो हाम्रो , कुदृष्टि नलगाऊ ,
देश रहे मात्र न हामी रहन्छौ , राष्ट्रप्रेमको भाव जगाऊ ।
बुद्ध भूमि , स्वर्गको टुक्रा जस्तै , सगरमाथाको उच्च शिर छ,
नेपाल आमा तिम्रो रक्षा र सम्मानका निम्ति यो ज्यान हाजिर छ ।
धेरै भयो बिस्तारबादी चलखेल , अब गाउँ- ठाउँ उठ्नुपर्छ,
मतभेद भए मेटिन्छौं हामी , अब राष्ट्रिय एकताका साथ जुट्नुपर्छ !!
– कबीर श्री
क्याटेगोरी : कला/साहित्यट्याग : #Nepali Poem