जितेर बाँच्न चाहन्थे , सकेनन् मरेर गए ,
चढ्न चाहन्थे , सकेनन् झरेर गए,
म हार स्विकार्दै ,
हुर्काउदै थिएँ,
एउटा कविता मेरो गर्भमा
र
जन्मिएको छ ।
हो ,
उही समागम बारे बोलिरहेछु आज !
अँधेरी रातको आडमा , अनिस्चित भयले ,
कालो आकाश मुनि लमतन्न पसारिएको ,
अन्धकार गल्लीमा मेरो चिर हरण गरेको हो ।
भोकले छचल्किएको मेरो पेटमाथी ,
सरक्क चढेर बलात्कार गरेको हो ,
अभावले मेरो ।
युद्दका समयमा ,
क्रान्तीका नाराहरुमा ,
यसरी सम्मोहित भएछु कि म ,
मृत्युको ओछ्यानमा
गोला बारुदसँगको घमासान सम्भोगको
उत्कर्षमा
चुँडिएछन् मेरा हात खुट्टा नै ।
अस्ति धाराको पानी छोइँदा ,
जातले फरिया उधारेको हो मेरो ,
फूल पाती लिएर मन्दिर छिर्दा ,
उत्ताउलिएर खसेको हो ,
भगबान म माथी ,
म कालो भएकै कारण ,
निर्मम निचोरिएको हो ,
मेरो कलिलो अस्मिता गत राती ।
यसरी हरेक दिन , हरेक रात ,
म भिन्न लिङ्गहरु सँगको समागममा छु ,
कहिले सम्मोहनमा पारेर सम्भोग गरिएको छ त ,
कहिले मुख थुनेर ,
हात -पाउ बाँधेर
बलात्कार गरिएको छ ,
जे भए पनि आखिर यहाँ समागम भएको छ,
जबर्जस्त लिङ्गहरु स्खलित भएर हराएका छन,
र
योनीमा छुटेका तिनै बिर्यलाई ,
तागत बनाएर उठिरहेछु म हरेक बिहान !
तिमीलाई पनि छ बिर्यपातको भोक भने ,
आऊ सम्भोग गरेर जाऊ !
जिन्दगी नामको सुकुलमा
पसारिइरहेकै छु म ,
नियाल्दै आकाशलाई ,
गन्दै चुनौतीका ताराहरु।
नमिता दवाडी ~ गोर्खा नेपाल
हाल: न्युजिल्यान्ड
०२। १०। २०२०
क्याटेगोरी : कला/साहित्य