गृहपृष्ठ ∕ कला/साहित्य ∕ जलजला जलजला बिकास भुजेल असोज २१, २०७७ गते ९:२० मा प्रकाशित तिमी मेरो पहिचानको बोधो तार रेट्नआजको रात आइनौँ भने ।यो रात म पक्कैमेरो पहिचानको तार रेटिदाकोपीडाको धुलोहरु खोज्न खर्चने छु।दश वर्षको शिशिर पार गरेछ । उसको यादमा मुटुले जीउन सिकेको पनि। यतिका लामो समयमा मुटुले उसको यादमा कति गीत कविता लेख्न कोशिस गरे होलान् ? आँसुको आहालमा कलमलाई चोपेर । यी कुरा जान्न विगतको रातहरुलाई बुझ्नु पर्छ । गाह्रो मानी – मानी बिहानीपख झरेका तीन ताराहरुलाई भेट्नुपर्छ । फुलको जोवनीलाई छलेर पातहरुमा झरेको शीतको थोपाहरुलाई सोध्नुपर्छ। रातभरि रुदा रुदै सुन्निएको आखाले घरको मंसिरे बलेसी हेर्नुपर्छ । अनि उसलाई आफुभन्दा अलग राखेर सास लिन प्रयास गरेको छैन भन्नु पर्छ ।********प्रिया जलजला!!असीम प्यारको असीम समर्पणप्रभाव र अभाव ।पहिला म तिम्रो प्रभावमा परे । अहिले म तिम्रो अभावमा पलपलमा मरिरहेछु । जीवन मरुभूमि भैसक्यो मनसुन पार्ने बादल म काँहा खोजु । जीवन संकटमा पर्नु भनेको केही कुराको अभाव हुनु रहेछ । अभावले समस्या जन्माउँदो रहेछ । समस्याले जीवनमा पीडाहरु जन्माउँदो रहेछ। पीडाहरुले कमलो मनलाई रुखो बनाउँदो रहेछ। आज म रुखो भएको छु। रासायनिक मल प्रयोग गरेको बारी जस्तै । त्यसैले म कसरी हुर्काउ जीवनको बाँकी समयहरुलाई । समयसँगै जीवनको चोक चोकमा भेटिने तिम्रो यादहरुलाई ।************प्रिया जलजला !!यादको छालहरुमा संगीतको मीठो सम्झना ।कलेज र उम्दो आँखा ।मेरी आमाले बुनेको गुन्द्री र बाबाले ज्यामी काम गरेर धेरै वर्ष पहिला किनेको पुरानो कम्बल बोकेर कलेज पढ्न सहर झरेको म l धेरै सपनाको भारि मैले बोकेको थिइन । सपनाहरु थिए होलान् तर पूरा नभएपनि पछि आफुलाई रोगी नबनाउने खालको। जीवनको सपनाहरु लिलामी भएर पनि जोगी नबाउने खालको ।देश परिवर्तनको मधुमास मनाउन खोज्दै थियो क्यारे । एउटा खाले वर्गको अभाव देखेको र स्वयम आफुले भोगेको म देशमा भैरहेको परिवर्तनको लाभ लिने आशा पक्कै ममा पनि थियो । समयले मलाई गाँउबाट सहर खेद्यो । सहरले झन मुग्लान खेद्यो । मुग्लानले त झन मलाई तिमीबाट लगातार खेदीरह्यो । म खेदी रहदाको पीडाको धुलोको एकमुष्ट सँगालो हो उल्लिखित शब्दहरु । जुन शब्दहरु तिम्रो निम्ति खर्च गर्न कलेज र मेरो उम्दो आखाले अधिकार दिएको छ।कलेज पढिरहदा तिमीसंग भेट भएको पहिला दिन । बोल्न हतार गर्ने मेरो ओठहरु । तिम्रो नामको अर्थ खोज्न उत्सुक मेरो दिमागहरु । जीवनमा पैलो पल्ट कुनै नारीलाई प्रेम गर्न थालेको मेरो मनलाई । यी सबै तिमीलाई प्यारो लाग्न छोड्यो होला है। तिमी अहिले कस्तो बाटोमा छौं ? कस्तो बाटोमा हिडी रहेकी छौं ? अहिले पनि मेरो आँखाले हेर्न लाखौँ चाहाना गर्छ । तिमीले कस्तो दर्शन बोकिकीछौं ? मेरो दिमागले पढ्न आँधी रातमा पनि रहर गर्छ । उम्दो आखाले शरीर हेरेर प्रेम जन्माउँछ। सायद त्यो बेला मेरो आँखा उम्दो थियो । आखा तिमीमा पर्न गयो । आँखाले प्रेम जन्मायो । मनले हुर्काउन बढाउन चाहा गर्यो । तर फरक फरक दर्शनले उन्माद भएको दिमागले अस्वीकार गर्यो । त्यसको प्रतिफल हो तिमीलाई सुनाउन मन लाग्ने वेदनाको धुनहरु ।फरक फरक पाटीको विधार्थी संगठनको पेलानमा पर्न गयो हाम्रो माँया । मैले हाम्रो मायाँ जोगाउन प्रयास गर्नु पर्थ्यो। तिमीबिना पीडा सहनुभन्दा तिम्रो अभिन्न अंग बनेर जीउनका लागि उपायहरु खोज्नु पर्थ्यो । तर तिमीलाई सजिलै भुल्छु होला भनेको म आजसम्म कुहिरोमा हराई रहेको कागझै तिम्रो यादमा हराई रहेको छु । यो यादले मलाई विगतको तिमी दिएरै हो । आजको तिमीबिना म बाँच्न सकेको । नत्र त आजको तिमीलाई पाउन म तिम्रो जीवनको संघारमा हरेक गोधुली सांझ आँखालाई फकाउन पठाउथे होला।यो वेदनाको पिँध समयको उछालपछालले सँधै ओसिलोग्रस्त छ। हरदिन घामले मेरो ओसिलो आखालाई नदेखेझैं गरेर पर परबाट पश्चिम दिशाको साइत गर्छ । रातको जुन त झन ताराहरुको असीम प्यार पाएर होला ! मलाई त्यति लामो रातमा पनि एकपल्ट सम्झन प्रयास पनि गदैन। हावाहरु मलाई नछोएरै बहन खोज्छ । सायद हावाको झुम्का झुक्कामा मैले उसलाई खोज्न कोसिस गर्छु भनेर होला । यो मेरो बसमा रहेको एकमुठी सास तिम्रो यादमा उस्स भन्दा फालुकी तिम्रो वियोगको पीडामा खुम्चने फोक्सोको निम्ति साँचु !उही तिम्रो चठ्ठान !!!दिल थापाहाल जापानक्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिकगीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न