गृहपृष्ठ ∕ समाचार ∕ अग्नि पिडितलाई कांग्रेसको सहयोग अग्नि पिडितलाई कांग्रेसको सहयोग प्रिया स्मृती गजमेर चैत्र १५, २०७७ गते १०:४० मा प्रकाशित दाङ्ग– लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ।नेपाली कांग्रेस लमही नगर समितिका सभापति शिव प्रसाद चौधरीको सक्रियतामा संकलन भएको ६० हजार बराबरको जस्तापाता लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई प्रदान गरिएको हो । जस्तापाता प्रदान गर्दै क्षेत्रीय सभापति भेषराज पाण्डेले बाढी पहिरो, आगलागी जस्ता प्रकोपबाट पिडित बनेका मानिसहरुको घाउमा मलम लगाउने काम नेपाली कांग्रेसले गर्दै आएको बताए।‘यत्ति जस्तापाताले सबै आगलागी पिडितलाई नपुग्ला तर पनि यो सानो सहयोगले केहि राहत मिलोस भनेर प्रदान गरिएको पाण्डेको भनाई छ। त्यस्तै कांग्रेसका पुर्व महासमिति सदस्य मधु न्यौपानेले नेपाली कांग्रेस हरेक जनताको दुखमा साथ दिने एक मात्र पार्टी भएको बताउदै आपत बिपतमा परेका जनतालाई सहयोग गर्ने बताए। केहि दिन अघि पनि नेपाली कांग्रेसले दाङ्ग र भारतको सिमानाकामा आगलागी पिडितलाई राहत प्रदान गरेको थियो।नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, पुर्व महासमिति सदस्य मधु न्यौपाने, वडा नम्बर ४ का वडा सभापति मनिराम चौधरी, तरुण दल क्षेत्रीय सभापति किरण पौडेल, लमही खानेपानीका कोषाध्यक्ष जंग बहादुर चौधरी लगायतले आइतवार बिहान ढिकपुर गाउँमै पुगेर जस्तापाता प्रदान गरेका हुन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न