गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईमा २५६५ औं बुद्ध जयन्ती मनाईयो यूएईमा २५६५ औं बुद्ध जयन्ती मनाईयो दीप संञ्चार जेठ १६, २०७८ गते ०:३९ मा प्रकाशित यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा २५६५ औँ बुद्द जयन्ती मनाईएको छ ।नेपाली समाजको आयोजनामा यूएईमा रहेका बिभिन्न संघसंस्थाहरुले भर्चुअल माध्यमबाट बुद्द जयन्ती मनाएका हुन् । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले संसारभरिका बुद्द धर्मावलम्बीहरुले भागवान बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै मनाउँदै आएका छन् ।बुद्दलाई शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा पनि चिनिन्छ । बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । आयोजित कार्यक्रममा सहभागीहरुले बुद्दका यिनै उपदेशहरुलाई स्मरण गर्दै विश्व शान्तिको कामना गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासका महामाहिम राजदूत कृष्ण प्रसाद ढकालले गौतम बुद्दको बुद्दत्वको बारेमा चर्चा गर्दै विश्वशान्तिको कामना गरे । राजदूत ढकालले भगवान बुद्द एसियाको मात्र तारा नभएर बुद्द धर्मको दर्शन विश्व मानब जातिको शान्तिको मार्गदिशा रहेकोमा जोड दिए ।जनजाति महासंघ यूएईका अध्यक्ष महेश मोक्तानले संसार कोरोना महामारीले अशान्ति रहेको बेला मनमा शान्ति कायम गर्दै यो महामारीसँग जुध्न पर्ने आजको आवश्यकता रहेको बताए । लोभ, लालच, अहिँसा त्यागेर आफुलाई जति धैर्य र शान्तिमय बनायो उत्तिनै कोरोना महामारीसँग जुध्न सहज हुनेमा मोक्तानले जोड दिए। नेपाली समाजका संस्थापक चन्द्र प्रसाद सापकोटाले नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा बुद्दजयन्ती मनाउदै आएकोमा खुशी ब्यक्त गरे । नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकालले महामारीको समस्याबाट जुधिरहेको नेपाललाई दिल खोलेर सहयोग गर्न नेपाली संघसंस्थालाई अनुरोध गरे । कार्यक्रममा बिभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, पत्रकार महासंघ लगायतका संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।संस्थाका महासचिब बेद प्रसाद अर्यालले सँचालन गरेको उक्त भर्चुअल कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न