गृहपृष्ठ ∕ समाचार ∕ सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग दीप संञ्चार असार १, २०७८ गते १७:४४ मा प्रकाशित काठमाडौं — सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृति जोगाऔँ, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ३ लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे ।कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरूले हस्तान्तरण गरे ।फादर एन्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ ।सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोही दललाई धन्यवाद दिँदै, कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न