गृहपृष्ठ ∕ समाचार ∕ नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष दीप संञ्चार साउन १४, २०७८ गते २०:०० मा प्रकाशित नेपाल सनातन धर्म संस्कृति संगठनको अध्यक्ष योगी पुष्पराज पुरुषले साउन १३ गते बुधवार एक विज्ञप्ति मार्फत नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्ने कार्यमा नेपाल सन्त समाजले गर्ने निर्णयलाई अन्तिम निर्णय मान्ने बताएका छन।गत श्रावण महिनाको ३ र ४ गते तनहुँ जिल्लाको देवघाटमा नेपाल सन्त समाजको संरक्षणमा देशका विभिन्न धार्मिक अगुवा एवं गुरुहरुको बैठकले धार्मिक क्षेत्रलाई संगठित गर्न “विश्व ॐकार एकता महाअभियान” सुरू भएको प्रति खुसी व्यक्त गर्दै धार्मिक संगठनले विज्ञप्ति मार्फत स्वागत समेत गरेको छ।धार्मिक संगठनले नेपालको समग्र धार्मिक क्षेत्रको भावना बुझेर धर्म, संस्कृति र परम्पराको रक्षा गर्न सबै धार्मिक संघ संस्थाहरु संगठित हुनुको विकल्प नरहेको भन्दै पटक पटक विभिन्न माध्यमबाट छलफल गर्ने तथा आवाज उठाउने जस्ता कार्य गर्दै आइरहेको छ ।नेपालको समग्र धार्मिक क्षेत्रलाई संगठित हुन नदिने र फुटाउने कार्यमा लाग्ने सम्पुर्ण व्यक्ति वा संगठनहरूको विरुद्धमा खरो रुपमा उत्रिने विज्ञप्ती मार्फत धार्मिक संगठनले बताएको छ । अब हुने धार्मिक एकता तथा आन्दोलनमा कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाहरु तटस्थ बस्न नहुने यदि त्यस्तो पाइएमा संगठनले अध्ययन गरेर अभिलेख राख्ने बताएको छ।धार्मिक कुरा गर्ने तर चरित्र र आचरण धार्मिक नभएका व्यक्तिहरुका कारण धार्मिक क्षेत्र कमजोर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै धर्म निरपेक्ष पक्षधरहरुलाई सहयोग गर्ने,फाइदा पुग्ने कार्य गर्ने र समर्थन गर्ने कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाको विरुद्ध जस्तो सुकै कदम चाल्ने र त्यस्तालाई समर्थन नगर्ने कुरा समेत धार्मिक संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न