टोकियोमा रेलमै गरे एक यात्रुले चक्कु प्रहार, १० घाइते

जापान –– टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते भएका छन् । प्रहरीले यस घटनाको अभियोगका ३६ वर्षका एक पुरुषलाई हिरासतमा लिएको छ ।
यी अभियुक्तले एक महिलालाई खुसी अवस्थामा देखेपछि आफु आक्रोशित भएको र उनीहरुलाई मार्न चाहेको बयान दिएका छन् । यस घटनामा एक छात्रा गम्भिर घाइते भएकी छिन् भने तुलनात्मक रुपमा अन्यको अवस्था केही सामान्य छ ।
टोकियोमा यस्ता जघन्य अपराध दुर्लभ मात्र हुने गर्छन् । ओलम्पिक आयोजना भइरहेका कारण पनि अहिले यहाँ सुरक्षा व्यवस्था चुस्त छ । सेईजोगाकुन स्टेशन नजिकै यस्तो दुर्घटना निम्तिएको हो, प्यासेन्टरहरुको चिच्याहट सुनेपछि ड्राइभरले आपतकालिन रुपमा रेल रोकेका थिए ।
अनुसन्धानकर्ताहरुका अनुसार यसलगत्तै अभियुक्त ट्रयाकमा हामफालेर कुदे । एक प्रत्यक्षदर्शीका अनुसार मानिसहरुले एक्कासि उनलाई लखेटेका थिए । त्यसक्रममा यी मानिसहरु एउटा डिब्बाबाट अर्को डिब्बामा हामफाल्दै कुद्दै थिए ।
ट्रेनका कर्मचारीहरुले त्यसपछि यी अभियुक्तलाई नजिकैको स्टेशनमा भेट्टाए । यता, घटनास्थलमा अभियुक्तको मोबाइल भेटिएको थियो ।
क्याटेगोरी : समाचार, जापान
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस