गृहपृष्ठ ∕ समाचार ∕ ‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’ ‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’ दीप संञ्चार असोज १२, २०७८ गते ७:५२ मा प्रकाशित काठमाडौँ –चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् ।गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने विकल्पबारे सोच्न थालेका छन् स्थानीय ।रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुमका–११ वर्षीय स्वर्णिम तामाङ त्यही धाराको टुटीमा झुन्डिएर खेल्थे । धारामा पानी आउन छाडेपछि हरेक दिनजसो स्वर्णिम बालाई सोध्छन्, ‘बा हाम्रो धारामा किन पानी नआएको रु’ प्रेम तामाङ छोराको प्रश्न सुन्छन् र पानीको मुहानै सुकेको जवाफ दिन्छन् ।स्वर्णिम त्यतिमै रोकिँदैनन् । उनी फेरि प्रश्न गर्छन्, ‘किन मुहान सुकेको रु’ त्यसको जवाफ दिन नसक्दा उनका बाबु हैरान छन् । उनको बुझाइमा पानीको मुहान सुक्नुमा स्थानीय देवी रिसाएकी छन् । छोरा त्यतिमै रोकिँदैनन् । अर्को प्रश्न गर्छन्, ‘देवी किन रिसाएको त रु’ बालाई दिक्क लाग्छ । ‘चुप लाग जा खेल्न’ भन्दै गाग्री बोकेर पानी लिन जान्छन् ।खाँडादेवी गाउँपालिका–६ माकादुमका स्थानीयले यो समस्या भोगेको अहिले दुई वर्ष भइसक्यो । पछिल्लो पाँच वर्षदेखि धारामा पानी कम आउने थालेको थियो । दुई वर्षदेखि भने उनीहरूको धारामा पानी आउनै छाड्यो । यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न