तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ

दाङ — दाङको तुल्सीपुरमा रहेको लक्ष्मीवास बचत तथा ऋण सहकारी संस्था लि. र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ भएको छ। महिलाहरुलाई पैसाको महत्व र त्यसको उपयोगिता बुझाउनका लागि ‘शान्ति र सुरक्षामा महिला’ नामक एक महिने कार्यक्रम शुभारम्भ भएको हो।
नेपालमा पैसा नभएर भन्दा पनि पैसाको प्रभावकारी परिचालनको अभावका कारण पनि आम गरिबी हालसम्म पुस्तान्तरण हुँदै आएको भन्दै त्यसको न्यूनीकरणका लागि वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय समाबेशीकरण आजको प्रमुख आवश्यकता रहेको कुरा तुल्सीपुर उपमहानगरपालिका ७ का वडा अध्यक्ष टोप बहादुर के. सी. ले बताए ।
अहिले सम्म पनि महिलाहरु घरको काममा मात्र गर्ने नभइ आफूसङ्ग भएको थोरै पैसालाई अधिकतम प्रयोग गरि आफ्नो दैनिक आर्थिक अवस्था सुधार गर्नका लागि वित्तीय साक्षरता आधारभूत आवश्यकता महसुस गरेकोले यस कार्यक्रमको सुरुवात गरेका छौ र यस कार्यक्रमले सोछे अनुसारको काम उदेश्य हासिल गर्ने कुरामा पनि बिश्वस्त रहेको कुरा उक्त सहकारीको महासचिव सुधा हमालले स्वागत मन्तब्यका क्रममा व्यक्त गरेको थिइन।
उक्त सहकारीको वालवचत संयोजक यसोदा वलीले सो कार्यक्रमको उदेश्य, महत्त्व तथा सहकारीको बारेमा बोल्दै कार्यक्रम तुल्सीपुर उपमहानगरपालिकाको वडा नम्बर ७ बाट शुभारम्भ भएपनी तुल्सीपुरका सबै आवश्यक क्षेत्रमा यो कार्यक्रम एक महिना सम्म सञ्चालन गर्ने कुरा व्यक्त गरेको थिइन।तुल्सीपुर उ.म.न.पा -७ का वडा अध्यक्ष श्री टोप बहादुर के.सीको प्रमुख आतिथ्यमा र लक्ष्मीवास बचतऋण सहकारीको का.वा अध्यक्ष कुम्भ कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन जमुना बुढाथोकीले संचालन गरेको थिइन भने सहजकर्ता द्वय सृजना दहाल अधिकारी र दिनेश शाहले तालिमको बारेमा सहभागी महिला दिदिबहिनीहरूलाई जानकारी दिएका थिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #News
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस