गृहपृष्ठ ∕ समाचार ∕ खरायोलाई पनि डिप्रेसन, तर कसरी ? खरायोलाई पनि डिप्रेसन, तर कसरी ? दीप संञ्चार मंसीर ८, २०७८ गते ६:३९ मा प्रकाशित काठमाडौँलामो कान, अगाडि ठूला-ठूला दाँत भएको सुन्दर जनावर हो खरायो। आफ्नो चञ्चल प्रवृत्तिका कारण यो सबैलाई प्यारो लाग्छ। खरायो एक स्तनधारी जनावर हो। घाँसे मैदान तथा पानी भएका ठाउँमा मुख्य रुपले यो पाइन्छ। धेरैले यसलाई घरमा पाल्छन्। जानौं खरायोकाबारे केही रोचक तथ्य।विश्वमा घरपालुवा खरायो करिब ३०५ तथा जंगली १३ प्रजातिका पाइन्छन्। घरपालुवा खरायोको आयु ८ देखि १२ वर्षको हुन्छ। खरायोको हातमा मात्रै पसिना आउँछ। यो पनि घोडाजस्तै बान्ता गर्न सक्दैन। यसको देख्ने तथा सुँघ्ने क्षमता धेरै हुन्छ। खरायो दिनमा ८ घन्टा सुत्छ। यो आँखा खोलेरै पनि निदाउन सक्छ।मुसाको जस्तै खरायोको पनि दाँत जीवनभर बढिरहन्छ। दाँतको सन्तुलन कायम गर्न यसले केही न केही चपाइरहन्छ। मानिसजस्तै खरायोले पनि मिठो– मिठो खानेकुरा खोजी-खोजी खान्छ। खरायोले २ माइल टाढाको आवाज पनि राम्रोसँग सुन्न सक्छ।खरायोहरू आफ्नो साथी हरायो, मर्यो भने शोक मनाउँछन्। उदास हुन्छन्। कहिलेकहीँ त यिनीहरू डिप्रेसनमा पनि जान्छन्। यिनीहरूलाई डिप्रेसन भयो भने आफ्नै खुट्टा खानेलगायत आफैंलाई चोट पुर्याउने खालका गतिविधि गर्छन्। खाना खाँदैनन्। पानी पनि पिउँदैनन्। एक्लै टोलाएर बस्छन्। खरायो शाकाहारी हुन्छन्।खरायोको पाचन प्रणाली कमजोर हुन्छ। त्यसैले उसले खाएका पोषक तत्वहरू दिसामार्फत बाहिर निस्कन्छन्। त्यसैले यिनीहरू पोषण तत्व लिन आफ्नै दिसा पनि खान्छन्।जन्मिएको लगभग ६ महिनामै खरायो परिपक्व हुन्छ।खरायोको दौडने गति २५ देखि ४५ माइल प्रतिघन्टासम्म हुन्छ। सामान्यतयाः यसले एकपटकमा ५ देखि ८ वटासम्म बच्चा जन्माउँछ। सन् १९७८ र १९९९ मा एउटा खरायोले २४ वटा बच्चा जन्माएको विश्व रेकर्ड छ।हामीले जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार खरायोले पनि हामीसँग गर्छ। युरोपका कतिपय ठाउँमा मानिसहरूले खरायोलाई सौभाग्यको प्रतीक मान्छन्। (विभिन्न एजेन्सीको सहयोगमा)क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न