गृहपृष्ठ ∕ समाचार ∕ रक्सी खाएर सर्वसाधरणलाई धम्क्याउने नेपाली सेनाका मेजर बर्खास्त रक्सी खाएर सर्वसाधरणलाई धम्क्याउने नेपाली सेनाका मेजर बर्खास्त दीप संञ्चार माघ ७, २०७८ गते १३:३३ मा प्रकाशित काठमाडौँ -नेपाली सेनाका एक जना सेनानी ९मेजर० बर्खास्त भउका छन् । मादक पदार्थ सेवन गरेर सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहार गरेको अभियोगमा ती मेजरलाई बर्खास्त गरिएको हो ।नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाहीलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश दिएको हो। सैनिक ऐन, २०६३ विपरितको गतिविधि गरेकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई सेवाबाट हटाउने आदेश भएको बताइएको छ ।सैनिक ऐनमा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ ।मादक पदार्थ सेवन गरेर ब्यारेकबाट बाहिर निस्किएका शाहीले २५ असोजमा राति कैलालीको चिसापानीस्थित हर्कबहादुर रावलको होटलमा जबरजस्ती प्रवेश गरेर धम्क्याएका थिए । रावलले उनलाई होटल बन्द भइसकेको भन्दै रोक्न खोजेका थिए तर उनले आफू सेनाको मेजर भएको बताउँदै धम्क्याएका थिए ।त्यहाँबाट ब्यारेकतिर फर्किएका मेजर शाही निजी गाडीमा राति नै हतियारसहितको सैनिक लिएर चिसापानी बजार गएका थिए । र, होटल सञ्चालकलाई ठीक पार्ने भन्दै हिँडेका थिए । त्यसपछि आक्रोशित भिडले उनी सवार गाडीमा तोडफोड गरेको थियो भने मेजर शाहीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले नियन्त्रणमा लिएको थियो ।घटनाबारे छानविनका लागि जंगीअड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेर अनुसन्धान थालेको थियो । एक जना महासेनानीको अध्यक्षतामा गठित समितिले छानविन गरेर उनी दोषी रहेको निष्कर्ष निकालेको थियो ।त्यसको आधारमा सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठिन समरी जनरल सैनिक अदालतले शाहीलाई बर्खास्त गर्ने आदेश सुनाएको हो ।क्याटेगोरी : समाचारट्याग : #Breakig, #बर्खास्त तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा