‘पिङ्की-पिङ्की‘कस्तो लाग्यो‘’ पिङ्क दुपट्टा बेरिएको स्नीग्ध उसको सग्लो शरीर।
उसको फोटोमा लभ रियाक्ट गरिदिएँ। उसको मनपर्ने रंग।
‘एउटा कमेन्ट नि गर्न नसक्नी…। ‘पीर’ मानेको इमोजीसँगै उसले लेखी ‘कट्टी आज‘ तिम्रो कफी तिमी नै खाउ‘’
थाहा थियो जे भए पनि ऊ पक्कै आउँछे। कफीको त्यो मुलायम वाफ उसकै आकारमा लपेटिएर उडिरह्यो। लाग्थ्यो प्रशंसाका हरेक शब्द उसका लागि निकै अपुरा थिए।
नभन्दै ऊ आइ पिङ्क दुपट्टामा बेरिएर। उसको उही ‘मनपसन्द’ सेतो सुटमा सजिएर।
उसको त्यो दुपट्टाबाट नजरै हटेनन् केहीबेर। कोमल औंला बटारिएका उसका मुठ्ठीको हल्का स्पर्शले झल्यास्स भएँ।
दुपट्टा‘!
लाग्यो, दुपट्टा शरीर ढाक्न लाएकी होइन उसले, सायद पुरूषको बलात्कारी नजरमाथि लगाइएको पर्दा थियो त्यो।
उसका आँखामा हेरें अलि सुन्निएका जस्ता थिए। एकछिनसम्म हेरिरहेँ। केही बोलिनँ।
‘के हेर्या त्यसरी‘’ उसले भनी ‘ ओए‘!
‘तिमीलाई‘’ एकछिनपछि सुस्तरी भनें‘ ‘फेरि रोयौ‘?’
‘रून पनि काँ दिन्छ र१ जिन्दगीले‘’ त्यही दुपट्टाले टिल्पिलाएका आँखा पुछ्दै भनी ‘छोराको याद आयो धेरै‘’
फेरि अलि सम्हालिन खोज्दै उसले भनी ‘यो गीत हेर्यौ‘?’
मोबाइल तेर्स्याएर उसले त्यही ‘पीर’ देखाई।
जो उसको जीवनमा त्यो भन्दा निकै गंह्रुगो गरी बसिरहेको छ वर्षौंदेखि। सायद जीवनका कहिल्यै नपखालिने ‘पीर’का पोका हुन् ती जसलाई प्रकाश सपुतले अलिकति भए पनि देखाउने कोसिस गरे।
भएको त धेरै नै छ। देखाउनुपर्ने त धेरै थिए र छन्। तर सपुतको त्यो सानो फिलिङ्गोले नै ठूलै आगो दन्काइसकेको छ।
‘पीर’मा जलेका हज्जारौं सपनाका ती जीवाष्माहरू हुन्।
खासमा ऊ सपुतको त्यो ‘पीर’मा होइन, त्यसले सम्झाएको आफ्नै जिन्दगीमा रोएकी थिई। आफूलाई सम्झेर रोएकी थिई। छोराको भविष्यमा आफ्नै छायाँ देखेर रोएकी थिई। आफू आफैमा जलेर रोएकी थिई। आफ्नै सपनाको मुर्दा मलामी बनेर रोएकी थिई। अनि आफ्नै जिन्दगी लतारिरहेको सहरमा उसलाई ती ‘लाल सपना’ देखाउनेहरूको राजसी जिन्दगी देखेर रोएकी थिई।
चार वर्षअघि काठमाडौंकै एउटा भट्टीमा भेटेको थिएँ उसलाई। ऊ ‘वेटर’ थिई। म उसको ‘ग्राहक’! ह्वीस्कीका प्यालासँगै गोल भएर उडेका चुरोटको धुँवामा मेरो गाउँको ‘जनयुद्ध’ स्मृती नाचिरहेको थियो। घरि उसको अनुहार हेर्थें।
जुरूक्कै पार्नेगरी गाउँमा बज्ने ती ‘क्रान्तिकारी’ गीतहरू कानमा झन्किएर आउँथे। चिच्याटलाग्दा स्मृतीका ती पलहरू त्यही भट्टी वरिपरि घुमिरह्यो।
जनयुद्धताका ‘रक्सी फाल्ने’ ती ‘क्रान्तिकारी’ महिला संगठनको हुलमा म उसलाई पाउँथे‘ ‘यो सांस्कतिक विकृती हो। रक्सी बेच्ने र खानेलाई जनकारबाही हुनुपर्छ‘’ टाउकोमा रातो पट्टी बाँधेका ती क्रान्तिकारी महिलाले आफ्नै आगँनमा घर धान्न रक्सी बनाएर बेच्ने आफ्नै आन्टीलाई लछारपछार गरिरहेका थिए।
बचाउ बचाउ भन्दै उनी हाम्रै ढोका ढकढक्याउन आएकी थिइन्। ‘क्रान्तिकारी’ महिलाहरूले उनको त्यो सुकेको शरीरमाथि लात्ती बजारीरहेका थिए।
‘भटमास थप्दिम्‘?’
अहो‘! टेबुलअघि उभिएकी उसलाई देखेर झसङ्ग भए। स्मृतीहरू एकाएक हराए।
पुलिसले बाहिर सटर बजाउँदै गर्दा उसले भनेकी थिई- उठ्नुस् अब पुलिस आयो‘ स्वास्नी छोराछोरी आत्तिए होलान्।
छिप्पिएको चकमन्न रातमा उसले मलाई सडकमा पर्खिरहेको ट्याक्सीसम्मै पुर्याइदिएकी थिई।
दुई दिनपछि ‘फ्रेन्ड रिक्वेस्ट’सँग नोटिफिकेशनमा अल्झिएको ‘मात्तिएको मान्छे‘’ लेखिएको एउटा सन्देशमा ऊ झुल्किएकी थिई, उही ‘पिङ्कवाला’ दुपट्टामा।
त्यसपछि हाम्रो भेट भट्टीमा होइन, कफीसपहरूमा हुन थाल्यो। भट्टीमा उसको जिन्दगी थियो, म त्यो बिथोल्न चाहन्नथें।
छ वर्षको उसको छोरो अहिले पनि ‘होस्टेल’मा छ। ‘जनवादी विवाह’मा बेला मुठ्ठी कसेर कसम खाएका उसका ‘खसम’ कतारतिर गएको वर्षौं भइसकेको छ।
एक दिन उसले म्याजेसमा भनेकी थिई- ओए था पायौं‘? त्यसले त उतै ब्या गरेछ नि!
उसका लागि त्यो खुसीको कुरा थियो कि पीडाको ?
‘ए हो र‘!’ मैले भनेको थिएँ- ‘अब तिम्रो लागि खोजौं त‘।’
त्यसपछि घण्टौंसम्म उ केही बोलिनँ। बिहान उठेर मोबाइल हेर्दा स्क्रीनमै थियो- ‘तिमी कहिल्यै सिरियस हुन्नौ है‘ सबै केटाहरू उस्तै हुन्‘।’
‘दिउँसो कफीमा आऊ ‘’ आँखा मिच्दै मैले लेखें ‘तर तिम्रा लागि म ‘सबै केटाहरू’चैं हैन है‘।’
छोरासँगको सेल्फी पठाएर उसले लेखी- ‘आँशु त आँशु नै हो। त्यसलाई के थाहा खुसीमा बग्नुपर्छ कि पीडामा‘।’
‘छोराको अगाडी नरूनू‘’ थाहा थियो यो रात पनि उसले रोएरै बिताई।
त्यो दिउँसो मसँग पनि ऊ खुब रोई। शनिबार छुट्टीमा हाम्रा छोराहरू ‘फनपार्क’मा थिए। त्यो दिन हामी कफी खाएर छुट्टियौं।
आज फेरि ऊ अर्कै ‘पीर’ बोकेर आएकी थिई। सपुतको त्यो ‘पीर’ अघिल्लो दिनमात्रै हेरेको थिएँ। सुनेको थिएँ। जनयुद्धलाई फेरि सम्झेको थिएँ। यो समाजलाई फेरि एकपटक नियालेको थिएँ।
युद्धका बेला घुमेका जंगल-पहाड। ती गाउँहरू सम्झेको थिएँ। रिपोर्टिङ जाँदा ‘सेल्टर’हरूमा उजस्ता धेरै कमरेडहरूलाई भेटेको थिएँ। धेरैका फोटाहरू खिचेको थिएँ- रिलवाला क्यामेरामा। धेरै कमरेडहरूका चिठ्ठी लेखिदिएको थिएँ। कसैका प्रेमीहरूलाई। कसैका बाउआमाहरूलाई। कसैका श्रीमान्- श्रीमतीहरूलाई। कसैका साथीहरूलाई। कतिपयको चिठ्ठी आफै घरमा लगेर दिएको थिएँ। कतिका चिठ्ठी पुर्याउन नपाउँदै उनीहरू ‘सहिद’ बनेको खबर आफैले लेखेको थिएँ।
‘सेल्टर’ अनि ‘स्कर्टिङ’हरूमा उनीहरूले बयान गर्ने सपनाहरूलाई शब्दमा उतारिदिएको थिएँ। ती सपनाहरूमा आफैं बग्थें। ‘साम्यवाद’ हुर्किरहेका गाउँहरूको ती घमाइला तस्बिरहरू यादभरि नाचिरहे। ‘जनवादी शिक्षा’का नाममा ‘क’बाट ‘कमरेड’‘ ‘ख’बाट ‘खबरदार’ घोकिरहेका थवाङका ती कलिला स्कुलेहरू अहिले के गरिरहेका होलान्रु कहाँ होलान्रु ‘पीर’का बाछिटाहरूले मनको दैलो ढकढक्याइरह्यो। युद्ध सकिएपछि थवाङको एउटा ‘कम्युन’मा पुग्दा एउटा बुढी आमाले कुरिरहेका ती भग्नावशेषहरूले भतभती पोल्न थाल्यो।
मासु काट्दा पनि बेच्दा पनि ‘परिवर्तन’ नबिर्सिएका प्रकाश सपुत फेरि ‘क्रान्तिकारी’हरू लिएर आउँछन्। काखे छोरीलाई छोडेर विदेश हिँडेकी सुरक्षा पन्तका झोलामा भरिएका ती क्रान्तिकारी किताबहरूले युद्धका सपनाहरूमा उसैगरि घिसारेका थिए जसरी प्रकाश अनि शुरक्षाहरूको जिन्दगीहरूले उनीहरूलाई घिसारीरहेको छ।
आधा नाङ्गो शरीरमा अनायाशै कस्सिएका केशु पुनका मुठ्ठीहरूले छातीमा बेस्सरी ठोक्छन् अनि झल्याँस्स हुन्छु।
आखिर देखेका सपनाहरूको ज्यूँदै मलामी जाँदा कसलाई दुख्दैन र! सपना मारेर बाँच्नुको पीडा बाँचेकालाई मात्रै हुन्छ।
अनि फेरि उसलाई सम्झिन्छु- डुब्नु नै छ भने तलाउ होस् कि गंगा! उ डुबेकि छे। सपनाका चिहान-गंगाहरूमा डुबेकी छे। जिन्दगीको अशान्त तलाउमा चुर्लुम्म डुबेकी छे। उमात्रै होइन। उसकामात्रै होइन- हज्जारौं जीवनहरू अहिले उसैगरी अशान्त ती गंगा अनि तलाउहरूमा डुबुल्की मारिरहेका छन्, छालहरूसँग लडिबुडी गरिरहेका छन्।
अब त बाँकी के नै रह्यो र! हिंज तिनै सपनाहरू देखाउनेहरूले आज उनीहरूलाई नै हिलाम्मे सपना छ्यापिरहेका छन्।
एउटा चुरोट सल्काएर उसलाई लेखें- ‘सुत्यौ‘?’ एकछिनपछि उ ‘अफलाइन’ भई। केही म्यासेज आएन।
अनि बिहानै लेखी ‘पिङ्कवाला दुपट्टा कस्तो लायो‘?’
‘ओए‘’ मलाई कोट्याउँदै उसले भनी ‘भोलि छोरा लिन जाने‘होलीको विदा छ, दुई दिनसँगै हुन्छ‘’ अझैं बोल्दै गई ‘म पनि पार्लर जान्नँ‘।’
‘मसाज’को पनि सेवा दिने आफ्नो दुकानलाई उसले ‘पार्लर’ भन्छे। नाममा पनि त्यही नै छ।
‘उसको म्यासेज आएको थियो‘’ चुरोट च्यापेका हत्केला टाउकोमा अड्याएर उसले भनी ‘साला! मलाई वेश्या भन्यो‘।’
कफी बिसाएर मैले भनें- उता ऊ पनि त्यस्तै त होला नि!
हो, सबै त नाङ्गिनैपर्छ। आखिर ‘कोठी’भित्र ननाङ्गिएको को नै छ र !
त्यही पुरूष, जसले ‘कोठी’भित्र एउटी नारीलाई नङ्ग्याउँछ। आफू पनि नाङ्गो हुन्छ। तर वेश्याचाहिँ नारीमात्रै हुनुपर्ने!
अघिल्लो दिनमात्रै आलिया भट्टलाई हेरेको थिएँ- गंगुवाइका रूपमा।
‘गंगु’को एउटा डायलग थियो- तिमी पुरूषहरूभन्दा त धेरै इज्जत छ हामीसँग। तिमीहरूको इज्जत त एकपटक गयो कि गयो। हामी त हर रात इज्जत बेच्छौं तर साला ! सकिदै सकिन्न‘
‘त्यो फिलिम् हेर्यौरु’ एकटक उसलाई हेर्दै भनें- ‘हेर राम्रो छ‘’
‘जीवन त्यस्तै त भो। आफ्नै जीवन फिलिम् नै भयो। भइरा‘छ। ऊ मुम्बईकी गंगुवाई‘ हामी कमरेड प्रोस्टिच्युट‘’
हल्का मुस्काएर उसले भनी- जानुपर्छ। आज अन्तिम रात। भोलिदेखि छोरो आउँछ।
साँझ छिप्पिंदै गर्दा उसलाई ट्याक्सीमा विदाई गरें।
जाँदा-जाँदै उसले बन्दुकआकारको एउटा पिच्कारी दिंदै भनी- यो तिम्रो छोराका लागि होली खेल्न‘!गजेन्द्र बाेहरा–आयोमेल बाट साभार
क्याटेगोरी : समाचारट्याग : #breaking