गृहपृष्ठ ∕ समाचार ∕ एनआईसी एसिया बैंक बाट गायब भयो कृष्ण हजराको लाखौं रकम एनआईसी एसिया बैंक बाट गायब भयो कृष्ण हजराको लाखौं रकम दीप संञ्चार चैत्र २१, २०७८ गते ९:४९ मा प्रकाशित कटहरिया–९ का कृष्ण कुमार हजराको एनआईसी एसिया बैंकको खातामा रहेको ४ लाख २ हजार रुपैयाँ एकाएक गायब भएको छ । सुरक्षित हिसाबले सर्बसाधारण बैंकमा पैसा राख्ने गर्छन् तर गत चैत १५ गते मंगलवार एकदमै रहस्यमय घटना घटेको छ । हजराले बैङकमा राखेको पैसा बैंकबाट नै गायब भएको छ ।हजराले सोही दिन आफनो खातामा ५ लाख रुपैया जम्मा गरेका थिए । बेलुका उनको खाता बाट कसैले मोबाइल बैंकिङ्ग प्रयोग तिन लाख रकम झिकेछ । बैंक खुलुन्जेल उनको खाता बाट ४ लाख २ हजार रुपैयाँ गायब भयो । केहि महिना अघि उनले एनआईसी एसिया बैंकको कोल्हबी शाखा बाट ऋण लिएका थिए । त्यही ऋण तिर्ने हिसाबले आफनो खेत बेचेर उक्त रकम जम्मा गरेका थिए ।तर उनले आफ्नो बैक खातामा सञ्चित रकम चलाउन नपाउँदै अरुले नै खाताबाट सो रकम झिकेको म्यासेज उनको मोबाइलमा आएको थियो ।हजराको मोबाइलमा बैंकबाट २५÷२५ हजार रुपैयाँ डेबिट भएको ९निकालेको० म्यासेज आयो । त्यसको केही बेरमै फेरि २५÷२५ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘म घरमै बसिरहेको थिएँ, अचानक धेरै पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइनँ र कसैलाई चेक पनि दिएको थिइनँ । मेरो मोबाइल बैंकिङ्ग चलाउने मोबाइल पनि छैन् । के भयो भनेर बैंकमा गएर बुझ्दा कसैले खलती बाट रकम ट्रान्सफर गरेको जानकारी पाएँ,’ हजराले भने । यो खबर शाखा प्रबन्धक लाइ सुनाएपछि उनको खाता बलक गरे ।बैंकले खाताबाट रकम हराएको उनको गुनासोप्रति कुनै ध्यान दिएन, बरु प्रहरीमा उजुरी गर्न भन्यो ।हजराले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु प¥यो भन्दा प्रहरीमा उजुरी दिन भनियो ।त्यसपछि हजरा जिल्ला प्रशासन कार्यालय रौतहटमा गएर उजुरी दिए । प्रशासनले पनि कुनै वास्ता नगरेपछि पुनः आज आइतवार हजरा बैंकमा पुगेका थिए । उनको यो घटना बारे बैंकले आवश्यक कदम चालेको बैंक स्रोतले भनेको छ ।२१ औ शताब्दी बिज्ञान र प्रबिधिको आधुनिक युग हो । बिज्ञान र प्रबिधिको बिकास सगसगै बिकास हुँदै आएको अर्को कुरा हो बैङ्क तथा बित्तीय संस्थाहरु यिनै बैंकहरुको बिकास पछी अहिले रुपैयापैसा पनि डिजिटल बन्न पुगेको छ ।मान्छेले घर बसेर नै लाखौ करोडौको कारोबार गर्न थाले र पैसा बिश्वको कुनैपनी देशबाट अर्को देशमा पठाउन कुनै समस्या नै हुन छाड्यो र यो सबै बैंककै कारणले सम्भब भएको हो ।तर यो बिषय भने यहि बैङ्किङमा भएको त्रुटिले उब्जाएको शंका आम चर्चाको विषय बनेको छ । यस अघि पनि एनआइसि एसिया बैंक शाखा कटहरिया बाट नै बिजय महारा नामको व्यक्ती खाता बाट करिब १६ लाख रुपैया गायब पारि दिइएको थियो । धेरै मिहिनेत पनि महराले पैसा फिर्ता पाएका थिए ।यस्ता घटनाहरु बारम्बार घटि रहँदा बैंक प्रशासन कुनै ठोस कदम नचाल्नु बिडम्बना रहेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न