Techie IT
×
गृहपृष्ठसमाचारस्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु


चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस