Techie IT
×
गृहपृष्ठसमाचारदोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि हवाई फायर

दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि हवाई फायर


दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ ।

दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो ।

मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताए ।

मतदाता आउने बाटो अबरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्न खोजेका थिए । सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान हुने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मतदान केन्द्रमा झडप

तपाईको प्रतिक्रिया दिनुहोस