Techie IT
×
गृहपृष्ठसमाचारझडपमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर

झडपमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर


झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ ।

सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।

उनले घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #मतदान केन्द्रमा झडप

तपाईको प्रतिक्रिया दिनुहोस