Techie IT
×
गृहपृष्ठसमाचारपूर्व डीआईजी रञ्जन कोइराला पक्राउ

पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ


काठमाडौं – सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको फैसला बिहीबार सर्वोच्च अदालतले उल्टाएसँगै कोइराला फरार थिए ।

कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले उल्टाएको थियो । कोइराला साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका कारण अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ । कोइरालाले श्रीमती गीताको काठमाडौंमा हत्या गरि पालुङ पुर्‍याएर जलाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पक्राउ, #रञ्जन कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस