गृहपृष्ठ ∕ समाचार ∕ नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त दीप संञ्चार जेठ २०, २०७९ गते ९:२६ मा प्रकाशित काठमाडौं – नेपालगञ्जमा राजा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा अवरोध पुर्याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दुस्ख व्यक्त गरेका छन् ।सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ । ‘ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रश्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ’ शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।‘नेपालगञ्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राट्रवादी र प्रजातन्त्रप्रेमी स्व। राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुरयाईएको घटनाबाट हामी स्तव्ध भएका छौं’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको गौरवमय ईतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह, युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रिय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।’जुनसुकै विचार, दर्शन, अवलम्वन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुरयाउने महामोनाहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको विज्ञप्तिमा भनिएको छ । ‘ईतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसूफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो’ विज्ञप्तिमा भनिएको छ ।नेपालगञ्जमा आज वीरेन्द्रको सालिक राख्ने क्रममा झडप भएको थियो र प्रहरीले सालिक राख्न दिएको थिएन । त्यसक्रममा प्रहरीले हवाइ फायरसमेत गरेको थियो ।क्याटेगोरी : समाचारट्याग : #पूर्वराजा ज्ञानेन्द्र तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न