गृहपृष्ठ ∕ समाचार ∕ एनएलजी इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा तथा छलफल कार्यक्रम सम्पन्न एनएलजी इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा तथा छलफल कार्यक्रम सम्पन्न अंकित रावल जेठ ३१, २०७९ गते ९:२४ मा प्रकाशित बाँके –एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा घुम्ती बीमा सेवा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले बाँके जिल्लाको बैंक तथा बित्तीय सेवाबाट वञ्चित राप्तीसोनारी गाउँपालिकाको वार्ड नं ५ र ९ मा बीमा सम्बन्धि छुट्टाछुट्टै छलफल कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको हो।वडा नं ५ मा भएको कार्यक्रमको प्रमुख आतिथ्यता उक्त वडाका वडा अध्यक्ष झगरु थारुले गरेका थिए भने वडा नं ९ मा भएको कार्यक्रमको प्रमुख आतिथ्यता उक्त वडाका वडा अध्यक्ष सोहनलाल थारुले गरेका थिए । दुबै कार्यक्रममा अगुवा कृषकहरु, विभिन्न सहकारीका प्रतिनिधिहरू, पशुपालनमा आबद्ध किसान तथा बीमा सेवाको जानकारी लिन चाहने विभिन्न सर्वसाधारणको उपस्थिति रहेको थियो ।एनएलजी इन्स्योरेन्स कम्पनीको नेपालगन्ज क्षेत्रीय प्रमुख विवेक भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बीमा सम्बन्धि जानकारी, छलफलमा उठेका जिज्ञासा तथा समस्याहरूको बारेमा एनएलजी इन्स्योरेन्सका चिफ कर्पोरेट मार्केटिङ बुद्ध प्रकाश सिंहले प्रकाश परेका थिए । साथै उनले बीमा सेवा तथा दाबी भुक्तानी प्रणालीलाई सर्वसुलभ र छिटो छरितो बनाउन कम्पनी जहिले पनि सकारात्मक रहेको बताएका थिए । कम्पनीले नाफा कमाउन भन्दा सर्वसाधारण जनताको समस्यामा सारथी बनेर राज्यप्रतिको दायित्व बोध स्थापनाकालदेखि गर्दै आएको बताए ।उक्त दुवै कार्यक्रममा अतिथिको रुपमा रहेका वडा अध्यक्षहरुले स्थानीय सरकारले किसानहरूलाई लाभ पुग्ने गरी बीमा कम्पनीसंग सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउँदै आगामी वर्षको बजेटमा यसलाई सम्बोधन गर्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।साथै पालिकाको विभिन्न स-साना वजार, टोल तथा किसानको घर घरमा पुगेर बीमा सम्बन्धि जानकारी गराई घुम्ती सेवा समेत प्रदान गरिएको थियो । यसरी घरदैलोमा आएर बीमा सम्बन्धि जानकारी तथा सेवा प्रदान गरेकोमा स्थानीय सरकारका प्रतिनिधि तथा सर्वसाधारण किसान र साना व्यवसायी सबैले एनएलजी इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिँदै फेरि पनि यस्ता कार्यक्रम ल्याउन आग्रह गरेका थिए । क्याटेगोरी : समाचारट्याग : #Beema Sewa तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा