गृहपृष्ठ ∕ समाचार ∕ अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती केसी अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती केसी दीप संञ्चार असार १९, २०७९ गते ७:३४ मा प्रकाशित काठमाडौं -पाँच वर्षअघि दाङ भालुवाङकी ज्योती केसीलाई ‘डिभि’ चिठ्ठाले अमेरिका तान्यो। उनको अमेरिका यात्राको एक मात्रै लक्ष्य थियो– पारिवारिक आर्थिक स्तर माथि उकास्ने। अर्थात उनका लागि अमेरिका मनग्य कमाई गर्ने केन्द्र बनेको थियो। तर अमेरिका उनका लागि आर्थिक कमाई गर्ने ‘शहर’ मात्रै बनिदिएन। उनका लागि अमेरिका अध्ययनरखोज अनुसन्धानको बिशाल ‘किताब’ पनि बनिदियो।अमेरिका पुगेको दुई वर्षसम्म ज्योती त्यहाँ रोजगारीमा लागिन् संगै अमेरिकाको जागिरे यात्राले उनलाई बृहत अध्ययनको बाटोमा लगायो। अनि ५ वर्षपछि अहिले ज्योती अन्तरिक्षयात्री बनेर घर फिरेकी छिन्। सम्भवतः उनी नै नेपालको पहिलो अन्तरिक्षयात्री पनि हुन्।आर्थिक स्तर उकास्न अमेरिका रोजगारीमा रहेकी ज्योतीका लागि अमेरिकी वायु सेना बन्ने ‘ख्वाब’ जागिरहेको थियो। फलतः उनले अमेरिका पुगेको तीन महिनादेखिनै उनले अमेरिकी वायु सेना बन्ने तयारी थालिसकेकी थिइन्। उनलाई अमेरिकी वायु सेनाका लागि अमेरिकी सरकारले छनौट गर्यो। ‘म अमेरिकामा अर्कै जागिरमा थिएँ, तर अमेरिकी वायु सेना बन्ने तयारी पनि गरिरहेको थिएँ,’ ज्योतीले भनिन्, ‘अमेरिकी सरकारले फ्रि कोटामा मेरो नाम निकालिदियो।’ अमेरिकी वायु सेनामा नाम निस्किएपछि उनको १३ महिनाको तालिम सुरु भयो। ‘अमेरिकी सरकारले मेरो क्षमताको कदर गर्यो र मलाई फ्रि कोटामा सेलेक्ट गर्यो,’ उनले भनिन्, ‘१३ महिनासम्म हाम्रो ट्रेनिङ चल्यो, अनि म एयर फोर्स आर्मी बनेँ।’झण्डै तीन वर्ष अमेरिकी वायु सेनाको जागिरकै क्रममा उनका लागि अन्तरिक्षयात्री बन्ने अर्को अवसर आयो। त्यसोत, अमेरिकी वायु सेना उनका लागि यो अवसर मात्रै थिएन, उनको जागिर सहजताका लागि थप कोशेढुंगा पनि थियो। ‘यो अवसर मेरा लागि निकै राम्रो थियो, मैले एयर फोर्सकै सहकर्मीहरुसंग पनि सल्लाह गरेँ, उहाँहरुले पनि धेरै राम्रो अवसर भन्नुभयो,’ उनले भनिन्, ‘अनि म यो अध्ययनका लागि पोल्याण्ड गएँ।’ अन्तरिक्षयात्री बन्नका लागि थालिएको दुई हप्ताको तालिममा उनी सहभागी भईन्। उनको यो प्रशिक्षण उनको ‘प्रयाक्टिकल्ली’ थियो। अन्तरिक्ष यात्राका लागि थालिनु पर्ने हरेक प्रकृया उनले यो अभ्यासका क्रममा गरिन्। यो प्रशिक्षण उनको शब्दमा भन्दा आईशोलेशन अर्थात यानमै राखेर गरिएको थियो। उनले एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरिन्। नागरिकबाटक्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #ज्योती केसी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न