गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध दीप संञ्चार भदौ १९, २०७९ गते १८:३८ मा प्रकाशित दोहा- गत २ सेप्टेम्बरमा सम्पन्न भएको बागमती प्रदेश समन्वय परिसदको अधिवेशनप्रति गम्भीर असहमती जनाउँदै ५ जिल्ला संस्थाले सम्बन्ध तोडेको घोषणा गरेका छन्।उक्त प्रदेश समन्वय परिषदमा सामेल ७ वटा जिल्लामध्ये ५ जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर घोषणा गरेका हुन्। पाँच जिल्ला रामेछाप सेवा समाज, दोलखा सेवा समाज, सिन्धुलि सेवा समाज, काभ्रेपलान्चोक सेवा समाज, र नुवाकोट सेवा समाजद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,“बागमती प्रदेश समन्वय परिषदमा सक्रिय रहेका सात वटा जिल्ला संस्थाका अध्यक्ष, विभिन्न अग्रज तथा समाजसेवी, बुद्धिजीवी, परिषदका कार्यसमिति एवं सल्लाहकारहरुको उपस्थितमा बसेको विशेष वैठक मार्फत भएको सर्वसम्मत निर्णय विपरीत अध्यक्ष लगायत अन्य कार्यसमिति घोषणा भएको बिषयमा हामी जिल्ला संस्थाहरूको गम्भीर आपत्ति रहेकोछ। ” विज्ञप्तिमा बाग्मती प्रदेश समन्वय परिषद कतारसँग जिल्ला संस्थाहरुको आगामी दिनहरुमा समन्वय, सहभागिता र कुनै प्रकारको सम्बन्ध नरहने जनाइएको छ। संयुक्त विज्ञप्ति मार्फत भनिएको छ “हामी जिल्ला संस्थाहरूको तर्फबाट कार्यसमितिमा सिफ़ारिश गरिएका पदाधिकारी तथा सदस्यहरूलाई आजकै मितीबाट लागु हुनेगरि फिर्ता बोलाउने निर्णय गरिएको छ। ”अधिवेशनको पूर्वसन्ध्यामा गत २६ अगस्त बागमती प्रादेशिक अन्तर्गत जिल्ला संस्था तथा सम्वन्धित प्रदेशका बुद्दिजिवीहरुको बैठकले अध्यक्षका प्रत्यासी रहेका कट्टेललाई सर्वसम्मत अध्यक्ष बनाउने लिखित निर्णय गरेको थियो, जसमा अध्यक्षका अर्का प्रत्यासी राज देवकोटाले समेत सहमतिमा हस्ताक्षर गरेका थिए। “हामीले २६ अगस्त कै सहमति अनुसार अधिवेशन संचालन गर्ने तयारी गरेका थियौं, अध्यक्षका प्रत्यासी राज देवकोटाले बन्दसत्रमा आएर पून: अध्यक्षमा दावी रहेको जनाए” बन्द सत्र अध्यक्ष मण्डलका संयोजक सागर नेपालले बताए। बन्द सत्रमा लामो रस्साकस्सी पछि कट्टेलले विवादका विच आफु अध्यक्ष नबन्ने र बनी हालेपनि काम गर्न नदिने भन्दै आफ्नो सहज दावीबाट पछि हटेको जानकारी दिएपछि राज देवकोटालाई बन्द सत्रले अध्यक्ष घोषणा गरेको संयोजक नेपालले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking, #बागमती प्रदेश समन्वय परिषद कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न