गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:५३ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको छ ।जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्पपीडितलाई साढे तीन लाख रूपैयाँबराबरको राहत सामग्री सहयोग गरिएको संघकी कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिइन् । संघले उद्योग वाणिज्य सघहरूसँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्र्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्रीमा खाद्यान्न तथा लत्ताकपडा रहेका छन् । यसले भूकम्पबाट पीडितहरूलाई तत्कालै सानो भए पनि राहत मिल्ने थापाले बताइन् ।गत कात्तिक २२ गते मंगलबार दिपायल केन्द्रविन्दु भएर आएको ५।७ म्याग्निच्युटको भूकम्पले घर भत्किँदा डोटीमा छ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खालगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामग्री वितरण गरिएको र यसले भूकम्पपीडितहरलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #NRNA, #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा