गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतार व्यवसायी संघको ऎतिहासिक सफलता, कतारका व्यवसायीलाई श्रम स्वीकृती नचाहिँने कतार व्यवसायी संघको ऎतिहासिक सफलता, कतारका व्यवसायीलाई श्रम स्वीकृती नचाहिँने नेपाली व्यवसायी संघ कतार र नेपाल सरकार बिच सम्झौता पत्रमा हस्ताक्षर शारदा भुजेल मंसीर १७, २०७९ गते २२:५० मा प्रकाशित दोहा- नेपाल व्यवसायी संघ कतारले ऎतिहासिक सफलता प्राप्त गरेको छ ।कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहज आवातजावतका लागि नेपाली व्यवसायी संघ कतार र नेपाल सरकार बिच सम्झौतामा हस्ताक्षर भए संगै संघले ऎतिहासिक सफलता प्राप्त गरेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरको उपस्थितीमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आयार्च, वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कडेल र नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।उक्त सहकार्य सँगै कतारमा रहेका प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले प्रतिवद्वता व्यक्त गरे।नेपालबाट श्रम स्वीकृति लिई कतार आएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।अब नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट आवातजावत गर्दा सहजिकरणको विशेष सुविधा पाउने छन ।क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा