Techie IT
×
गृहपृष्ठसमाचारगोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की

गोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की


युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी आक्रमणको ३०० दिनपछि अमेरिकाको राजधानी वाशिङटनको भ्रमण गर्दा अपनाएको गोप्यता निकै रोमाञ्चक छ ।

मंगलवार अबेर राति उनी गोप्य रूपमा ट्रेन चढेर पोल्यान्डतर्फ लागेका थिए ।

त्यसको भोलिपल्ट बिहान उनी पोल्यान्डको दक्षिणमा रहेको शहर प्रजेमिसिल पुगे । त्यहाँ ट्रेन स्टेसनमा उनले युक्रेनका लागि अमेरिकी राजदूत ब्रिजेट ब्रिंकलाई भेटेको भिडियो फूटेज निजी टीभी च्यानल टीभीएनले प्रसारण गरेको थियो ।

जेलेन्स्कीको भ्रमणको योजना धेरै दिनअघि बनाइएको थियो । उनको सुरक्षाका विषयमा चिन्ताका कारण योजनालाई गोप्य राखिएको थियो ।

तर मंगलवार एक अमेरिकी न्युजलेटर पंचबाउल न्युजका पत्रकारले यस विषयमा ट्वीट गरेका थिए ।

पोल्यान्डमा जेलेन्स्की अमेरिकी सरकारको विमान चढेका थिए । उक्त विमान बुधवार मध्याह्न वाशिङटन नजिक मेरील्यान्डमा रहेको जोइन्ट बेस एन्ड्रुजमा ओर्लेको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #जेलेन्स्की

तपाईको प्रतिक्रिया दिनुहोस