गृहपृष्ठ ∕ समाचार ∕ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समय तालिका चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समय तालिका दीप संञ्चार असोज २२, २०७६ गते १३:३२ मा प्रकाशित असोज २२ काठमाण्डौचिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको समय तालिका सार्वजनिक भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी असोज २५ गते काठमाडौं आउने छन् । उनको भ्रमण दुई दिने रहने मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा उल्लेख गरिएको छ । चिनियाँ राष्ट्रपति असोज २४ मा भारतको चेन्नई पुग्ने र त्यसपछि असोज १२ मा सीधै काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको हो । नेपाल र भारत दुवै देशमा एक/एक रात बिताएपछि असोज २६ मा उनी बेइजिङ फर्किनेछन् । सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच केही परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ ।नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चिनियाँराष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रमसमेत रहेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा