गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कृषकलाई अनुदानमा उन्नत जातको तोरी र मसुरो विउ वितरण कृषकलाई अनुदानमा उन्नत जातको तोरी र मसुरो विउ वितरण दीप संञ्चार असोज २४, २०७६ गते १२:१६ मा प्रकाशित शिबु खनालदाङ्ग असोज २४दाङको लमही नगरपालिका कृषि शाखाले कृषकहरुलाई अनुदानमा तोरी र मसुरोको विउ वितरण गरेको छ । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको तोरी र खजुरा जातको मसुरोको विउ वितरण गरेको लमही नगरपालिका कृषि विकास शाखा कार्यालयले जनाएको छ । नगरपालिकाको आर्थिक वर्ष ०७६÷०७७ स्वीकृत बार्षिक बालिविकास कार्यक्रमको एकटोल,एक बालि उत्पादन कार्यक्रम अन्तर्गत योजना अनुसार यस वर्ष ५ क्विन्टल उन्नत जातको तोरीको विउ र ५ क्विन्टल खजुरा जातको मसुरोको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको लमही नगरपालिका कृषि विकास शाखा कार्यालयका प्रमुख अमर चौधरीले जानकारी दिए ।शुक्रवार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र उप–प्रमुख देबका बेल्वासेले संयुक्त रुपमा लमही नगरपालिका वडा अन्तर्गतका कृषकहरुको माग अनुसार ५ क्विन्टल तोरीको विउ र ५ क्विन्टल मसुरोको विउ ५० प्रतिशत अनुदानमा वितरण गरेका हुन् । यस्तै लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीका अनुसार अनुदानमा वितरण सुरु गरेको तोरी र मसुरोको विउहरु लिनका लागि सबै वडा कार्यालयहरुमा सुचना मार्फत कृषकहरुलाई खवर पठाइएको बताए । किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न र कृषकहरुलाई खेतीमा आकर्षण गराउन लमही नगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि सारेको लमही नगरपालिका प्रमुख केसीले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा