गृहपृष्ठ ∕ ग्लोबल ∕ दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु, (फोटो फिचर सहित) दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु, (फोटो फिचर सहित) दीप संञ्चार चैत्र १, २०७९ गते २२:५४ मा प्रकाशित दोहा-नेपाल सहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ आजबाट सुरु भएको छ। कतार नगरपालिकाका मन्त्री डाक्टर अब्दुल्लाह बिनअब्दुलअजिज बिन तुर्की अल सुबैले प्रदर्शनीको उद्घाटन गरेका हुन। यसैबीच नेपाली कृषि प्रदर्शनीको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले उद्घाटन गरेका छन।नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार,निर्यात व्यवसायी महासंघ,नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको नेपाली कृषि प्रदर्शनीको महामहिम ढकालले उद्घाटन गरेका हुन।प्रदर्शनी कार्यक्रममा बोल्दै महामहिम ढकालले व्यवसायीहरुको ब्यक्तिगत रुपमा देखिने भएता पनि समग्रमा नेपालको आर्थिक समृद्धिको प्रतिनिधित्व गरेको बताए।प्रदर्शनीमा सहभागि हुन आएका नेपालीहरुलाई दुतावासले गर्नु पर्ने कुनै पनि सहयोग भएमा खुलेर भन्न समेत आग्रह गरे ।उनले कतारमा आएर पनि आफ्नो उत्पादनलाई प्रदर्शनीमा राख्नु नै भोलिको ब्यापार मौलाउनु रहेको बताउदै नेपाली आर्गनिक बस्तुहरु कतारको बजारमा सुपथ मुल्यमा ल्याउन सकिए नेपाली उत्पादित बस्तुहरुको बजारको अभाव नरहने बताए।कृषि प्रदर्शनीमा निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष गोविन्द घिमीरेले प्रदर्शनीले नेपाली बस्तुलाई कतारको बजारमा राम्रो सँग पुर्याउन सकिए आर्थिक समृद्धिका साथमा दुई देश बिचको सम्बन्ध पनि समधुर रहनेमा जोड दिए।प्रदर्शनीबाट पारस्परिक तथा व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा बिशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने बताउदै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले आउने दिनहरुमा नेपाली उत्पादनलाई कतारको बजारमा सहज रुपमा पाउने बतावरण बनाउन छलफल गरिरहेको बताए।नेपाली ब्यबसायी तथा भिजिर्टसहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रमलाई ब्यवसायी संघका महासचिव रमेश भट्टले सहजिकरण् गरेका थिए।कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको १० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालमा उत्पादित नेपालि चिया,जडीबुटी हर्वल, अलैची,अदुवा, डेरीका उत्पादित वस्तुहरु राखिएका छन।आज देखि १९ मार्च सम्म चल्नेछ प्रदशनीमा ६७५ भन्दा बढी कम्पनीहरू र कतार बाहिरका ५२३ कम्पनीहरूको सहभागिता रहेको छ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न