गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:१४ मा प्रकाशित दाङ्ग , राजपुर गाउपालिका वडा नम्बर ७ को भैसाही नाकामा रहेको गौरी शंकर माध्यामिक बिद्यालयको तिन कोठे पक्कि भवन निर्माण हुने भएको छ । उक्त भवन २५ लाख १६ हजार ५ सय टिन रुपैयामा निर्माण हुने भएको हो । राजपुर गाउपालिकाको २५ प्रतिशत र छायाँ नेपाल नामक सस्थाको ७५ प्रतिशत लगानीमा तिन कोठे पक्कि भवन निर्माण हुने स्थानिय अमृत खड्काले बताए । गाउपालिका उपाध्यक्ष धनपती यादब, छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिर बहादुर पुन बीच भवन निर्माण गर्ने सहमति भएको हो । सहमति भए पछि अब छिट्टै निर्माण कार्य सुरु हुने बताईएको छ । माटो र ढुंगाको गारो टिनको छानो भएको उक्त भवन गत बर्षको बर्षातले भत्काएको थियो । २०३९ सालमा स्थापना भएको उक्त बिद्यालयमा अहिले दुई सय पचास जना बालबालिका अध्ययनरत रहेका छन् । राजपुरको अत्यन्तै बिकट बस्ति भैसाही नाकामा प्राथमिक बिद्यालय बाट शुरु भएको उक्त बिद्यालय निमाबि हुदै २०७४ सालमा माध्यामिक बिद्यालय संचालन गर्ने अनुमति पाएको थियो । गत बर्षको बर्षातले भवन भत्काई दिए पछि बालबालिकाको पठनपाठनमा समेत असर गरेको बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिर बहादुर पुनले बताए । भवन निर्माणका लागि दाता खोजि रहेका थियौ, संयोग नै भन्नु पर्छ नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन कुमार यादबको पहलमा छायाँ नेपाल नामक सस्थाले भवन बनाई दिने भएको छ,अब हाम्रा नानिबाबुले पक्कि भवनमा बसेर पढ्न पाउने भएका छन् स्थानिय युवा अमृत खड्काले खुशी हुदै भने । नाका क्षेत्रमा हाल माध्यामिक बिद्यालय भौवा,भैसाही र खंग्रा गरि तिन वटा माध्यामिक बिद्यालय रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा