सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा,आजदेखि अन्तिम सुनुवाई हुने

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।
अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ।
यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस